ऋणीलाई सूचना नदिई धितो लिलाम गरेपछि बैंकमा तालाबान्दी, कर्मचारी प्रहरी नियन्त्रणमा

जनकपुरधाम।  बैंकका कर्मचारीले ऋणीलाई बिना कुनै सूचना जग्गा लिलाम गरेको विषयमा विवाद हुँदा एक बैंकमा तालाबन्दी र अर्को बैंकका शाखा प्रबन्धक तथा ऋण अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा लिलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो ।  सिरहास्थित लहान- २२ का रामचन्द्र यादवको […]

Dec 26, 2024 - 14:50
 0
ऋणीलाई सूचना नदिई धितो लिलाम गरेपछि बैंकमा तालाबान्दी, कर्मचारी प्रहरी नियन्त्रणमा

जनकपुरधाम।  बैंकका कर्मचारीले ऋणीलाई बिना कुनै सूचना जग्गा लिलाम गरेको विषयमा विवाद हुँदा एक बैंकमा तालाबन्दी र अर्को बैंकका शाखा प्रबन्धक तथा ऋण अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा लिलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो ।  सिरहास्थित लहान- २२ का रामचन्द्र यादवको दुई करोड मूल्यको घर घडेरी ४५ लाखमै लिलाम गरेपछि किसानहरू आक्रोशित भएर कृषि विकास बैंकको लहान शाखामा तालाबन्दी गरेका छन्।

यस्तो छ जनकपुरधाम स्थित सिद्धार्थ बैंकको विवाद

एक जना जनकपुरधामका व्यापारीले सिद्धार्थ बैंकबाट लिएको ऋण चुक्ता गर्न जाँदा बैंकले ऋणीको जग्गा लिलाम गरेको थाहा पाएपछि बिहिबार विहानैदेखि बैंक क्षेत्रमा स्थानीय व्यापारीहरुले विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरीले बैंकको प्रबन्धक अर्ण बलम्पाकी र लोन अधिकृतलाई नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर क्षेत्रीले जग्गा लिलामीको विषयमा मिल्स एरियामा रहेको सिद्धार्थ बैंकको शाखामा जग्गा लिलामीको विषयमा व्यापारी तथा स्थानीय प्रदर्शन गरिरहेको खबर पाएर उनीहरुलाई सुरक्षित राख्नका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचाल गर्दै आईरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए ।

दूबै लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बीचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाईसीस भएर चेकजाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको ऋणी रायको आरोप छ ।  उनले करोडौंको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाएपछि जनकपुरधाम उद्योग वाणिज्य संघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरु बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एक मुष्ठ रकम जम्मा गरे जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

पछि बैंकले आनाकानी गर्न थालेको र मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्काको नाममा पास भईसकेको जानकारी पाएको अध्यक्ष भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीले वडाअध्यक्षसँग समन्वय गर्न खोज्दा वडाअध्यक्षले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए ।

अध्यक्ष भण्डारीले मालपोत, सिद्धार्थ बैंकको मिलेमतोमा यस किसिमको कार्य भएको आरोप लगाए । अध्यक्ष भण्डारीले यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पुग्दा एसपीले सन्तोषजनक प्रतिक्रिया नदिएकोले प्रहरीको समेत मिलेमतो हुन सक्ने बताए ।

लहान कृषि विकास बैंकको विवाद पनि त्यस्तै
लहान २२ का रामचन्द्र यादवले कृषि विकास बैंकको लहान शाखाबाट ४५ महिनाअघि लिएको तीस लाख ओडी ॠणको मंसिर  १८ गते अन्तिम किस्ता तिरेकोमा उनको लहान–१ पूर्वपश्चिम जाने राजमार्गमा रहेको सवा सात धुर जग्गामा रहेको बाह्र कोठे घर पुस १ गते लिलामी गरेपछि किसानहरू सङ्गठित भएर कृषि विकास बैंकमा दवाव दिँदै आइरहेका छन् ।

चार दिन अगाडि कृषि विकास बैंक लहान शाखामा पुगेका किसानहरूलाई बिहीबारसम्म जग्गा फिर्ताको लागि पहल गरिने आश्वासन अनुसार फिर्ता गराउने कुनै पहल नभएपछि आक्रोशित किसानहरूले तालाबन्दी गरेको स्थानीय किसान नेता बालेश्वर यादवले बताए ।

गत मंसिर महिना १८ गते किस्ता बुझाएको पीडित किसान रामचन्द्र यादवले पुस १ गते ४५ लाखमा सुनसरी भोक्राका तारा रौनियारले लिलामी थामेर मालपोत कार्यालय लहानमा रजिष्ट्रेसन पास भईसकेको जानकारी मालपोत कार्यालयले मोवाइलमा म्यासेजबाट खबर पाएको पीडित किसान यादवले सुनाए ।

यादवले भने, ‘तीस लाख ॠण १९ लाखसम्म तिरिसकेको छु । ढिलो चाँडो किस्ता तिर्दै आइरहेको छु । गाउँको खेतियोग्य जमिन सुन बेचेर २०५२ सालमा खरिद गरेको दुई करोड मूल्यको घरघडेरी लिलाम भएपछि अन्यायमा पर्दा चारैतिर हारगुहार मागिरहेको छु ।’

स्थानीय अगुवाहरूलाई लिएर कृषि विकास बैंक शाखा लहानमा पुगेका उनले  प्रबन्धक विवेक पौडेलसँग सोधपुछ गर्दा लिलामी भइसेकेकोले केहि गर्न नसकिने जवाफ पाए । किसानहरूले चार दिन अगाडि बैंकमा तालाबन्दी गर्ने तयारी गरेपछि  बिहीबारसम्मका लागि प्रबन्धक पौडेलले समय लिएका थिए ।

आज गरेको सहमति अनुसार पीडित किसान रामचन्द्र यादवको जग्गा फिर्ताका लागि कुनै पहल नहुँदा तालाबन्दी गर्नुपरेको पीडित किसान रामचन्द्र यादवको साथ बैंक आएका किसानहरूले बताए।

यता कृषि विकास बैंक लहान शाखाका प्रबन्धक विवेक पौडेलले लिलामी प्रक्रिया पूरा भइसकेपछि फिर्ता गराउन गरेको पहल सफल हुन नसकेको बताए ।

कृषि विकास बैंक लहान शाखाले निरन्तर किस्ता बुझाउँदै आएका यादवले तीस लाखमध्ये १९ लाख तिरिसकेको अवस्थामा बिना सूचना मिलोमतोमा लिलामी गरेको आशंका देखिएको संघीय सांसद गङगा प्रसाद यादवले बताए । उनले यस विषयमा सम्बन्धित निकायमा आफूले पहल थालिसकेको बताए। कहिँबाट जग्गा फिर्ता नभए लहानबाट किसान आन्दोलन हुने चेतावनी  सांसद यादव दिए।

बैंकमा तालाबन्दी गर्ने समयमा आक्रोसित किसानहरूको भीडलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल लहान र इलाका प्रहरी कार्यालयबाट आएका प्रहरीलाई केहि समय हम्मेहम्मे परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register