रूसले युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

काठमाडौं । रूसले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको युक्रेनले बताएको छ । युक्रेनको वायुसेनाले यसबारे जानकारी दिएको हो । रूसले बिहीबार बिहान आक्रमणको क्रममा अस्त्रखान क्षेत्रबाट आईसीबीएम प्रहार गरेको हो । वायुसेनाले विभिन्न प्रकारका क्षेप्यास्त्रहरूसहित डिनिप्रोलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । द्वन्द्वकालमा रूसले युक्रेनतर्फ आईसीबीएम प्रक्षेपण गरेको यो पहिलो पटक हो । यो क्षेप्यास्त्र […]

Nov 21, 2024 - 10:17
 0
रूसले युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

काठमाडौं । रूसले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको युक्रेनले बताएको छ । युक्रेनको वायुसेनाले यसबारे जानकारी दिएको हो ।

रूसले बिहीबार बिहान आक्रमणको क्रममा अस्त्रखान क्षेत्रबाट आईसीबीएम प्रहार गरेको हो । वायुसेनाले विभिन्न प्रकारका क्षेप्यास्त्रहरूसहित डिनिप्रोलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

द्वन्द्वकालमा रूसले युक्रेनतर्फ आईसीबीएम प्रक्षेपण गरेको यो पहिलो पटक हो । यो क्षेप्यास्त्र हजारौं किलोमिटर टाढा जान सक्षम हुन्छ ।

युक्रेनको सेनाले पनि आक्रमणको क्रममा छ वटा के-१०१ क्रूज मिसाइल खसालेको बताएको छ । यो अमेरिकाले युक्रेनलाई एटीएसीएमएसजस्ता लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको दिनपछि रूसले आक्रमण गरेको हो ।

छोटो दुरी, मध्यम दुरी, मध्यवर्ती र लामो दुरी गरी चार प्रकारका ब्यालेस्टिक मिसाइल हुन्छन् ।

इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम)ले ५५०० किलोमिटर (३५ सय माइल)भन्दा बढी दुरीसम्म मार हान्नसक्छ । यसको मतलब आईसीबीएमले संसारको कुनै पनि ठाउँमा लक्ष्यहरू प्रहार गर्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register