शिल्पीमा श्रीलङ्काली नाटक ‘टिकर्टी टेल टेलर’ को मञ्चन  (तस्वीरहरु)

'टिकर्टी टेल टेलर' श्रीलङ्कामा बालबालिका र युवाहरूलाई केन्द्रमा राखेर बनाइएको उत्कृष्ट नाटक मध्ये एक हो

Dec 7, 2024 - 01:12
 0
शिल्पीमा श्रीलङ्काली नाटक ‘टिकर्टी टेल टेलर’ को मञ्चन  (तस्वीरहरु)

काठमाडौँ। बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा श्रीलङ्काका चर्चित नाटककार एवम् निर्देशक सचित्र रहुबड्डाको नाटक ‘टिकर्टी टेल टेलर’ को मञ्चन भएको छ।

शिल्पीका निर्देशक युवराज घिमिरेका अनुसार मङ्सिर २१ गते शुक्रवार उक्त नाटकको विशेष शो मञ्चन गरिएको हो।

‘टिकर्टी टेल टेलर’ चौथो काठमाडौँ लाला बाला अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२४ मा भाग लिन आएको बेला शिल्पीमा विशेष मञ्चन गरिएको घिमिरेले बताए।’

टिकर्टी टेल टेलर’ श्रीलङ्कामा बालबालिका र युवाहरूलाई केन्द्रमा राखेर बनाइएको उत्कृष्ट नाटक मध्ये एक हो। यस नाटकले कथा वाचन र रङ्गमञ्चको संयोजनमार्फत दर्शकलाई मनोरञ्जन र सन्देश दिने प्रयास गरेको छ।

सचित्र रहुबड्डाले बालबालिका र युवाको सृजनात्मकता विकास गर्नका लागि विभिन्न प्रकारका प्रयोगात्मक नाटक मञ्चन गरेका छन्। उनले रेड एप्पल इन्टरनेशनल थिएटर ग्यादरिङ स्थापना गरेर विश्वभरका रंगमञ्चकर्मीहरूलाई जोड्ने काम गरेका छन्।

रहुबड्डाका नाटकहरूमा परम्परागत विषयवस्तु र आधुनिक रङ्गमञ्च प्रविधिको सम्मिश्रण पाइन्छ, जसले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्दछ।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register