१३ वर्षअघि मेसी भारत आउँदाको त्यो माहोल !

काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेसी फेरि भारत आउने भएका छन् । उनी १३ वर्षपछि पुनः भारत आउन लागेका हुन् । केरला राज्यका खेलकुदमन्त्री वी अब्दुरहिमानले मेसीसहित अर्जेन्टिनाको फुटबल टोली अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि आउने जानकारी दिएका छन् । उनले भने, ‘विश्वको नम्बर एक फुटबल टोली अर्जेन्टिना कप्तान लियोनल मेसीसहित केरला आउँदैछ । […]

Nov 22, 2024 - 02:35
 0
१३ वर्षअघि मेसी भारत आउँदाको त्यो माहोल !

काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेसी फेरि भारत आउने भएका छन् । उनी १३ वर्षपछि पुनः भारत आउन लागेका हुन् ।

केरला राज्यका खेलकुदमन्त्री वी अब्दुरहिमानले मेसीसहित अर्जेन्टिनाको फुटबल टोली अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि आउने जानकारी दिएका छन् ।

उनले भने, ‘विश्वको नम्बर एक फुटबल टोली अर्जेन्टिना कप्तान लियोनल मेसीसहित केरला आउँदैछ । टोलीले दुई खेल खेल्नेछ ।’

विश्वविजेता अर्जेन्टिनाविरुद्धको प्रतिद्वन्द्वी को हुने र कुन मैदानमा खेल्ने भन्ने टुंगो भने लागेको छैन ।

मेसी दोस्रो पटक भारत आउन लागेका हुन् । सन् २०११ मा पनि उनी भारत आएका थिए । सो बेला कोलकातामा अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ मेसीकै पासमा निकोलस ओटामेन्डीले गोल गरेपछि खेल अर्जेन्टिनाले १–० ले जितेको थियो ।

कोलकातास्थित विमानस्थलमा मेसी झर्दा त्यहाँ छुट्टै माहोल बनेको थियो । मेसीको नाम र नम्बर अंकित जर्सी लगाएका समर्थकले उनको पक्षमा नारा लगाएका थिए ।

मेसीलाई हेर्न र भेट्न हजारौँ समर्थक विमानस्थलको गेटमा जम्मा भएका थिए । जसले गर्दा गेट नै जाम भएको थियो । यस्तो अवस्थामा भारतीय सुरक्षाकर्मीले वैकल्पिक गेटबाट मेसीलाई गन्तव्यमा पुर्याउनु परेको थियो । उनलाई हिन्दू परम्पराअनुसार सातो टीका लगाइदिएर स्वागत गरिएको थियो ।

मेसी भारतमा भएको भेनेजुएलासँगको सोही खेलबाट पहिलोपटक राष्ट्रिय टोलीको कप्तान नियुक्त भएका थिए । भारतपछि अर्जेन्टिनाले बंगलादेशको भ्रमण गरेको थियो । त्यहाँ उसले नाइजेरियासँग मैत्रीपूर्ण खेलेको थियो । सो खेल पनि अर्जेन्टिनाले ३–१ ले जित्यो ।

हाल अमेरिकी क्लब इन्टर मायमीमा आबद्ध मेसीका भारतमा पनि करोडौं फ्यान फलोइङ छ । सबैभन्दा बढी हुनेमा केरला पनि पर्छ ।

सम्बन्धित समाचार :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register