चलचित्र निर्देशक श्याम बेनेगलको निधन

काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको निधन भएको छ । मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ ६ः३८ बजे बेनेगलले अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकी छोरी पियाले बुवा बेनेगल लामो समयदेखि मृगौला रोगबाट पीडित रहेको बताइन् । बेनेगलले १४ डिसेम्बरमा नै आफ्नो ९०औं जन्मदिन मनाएका थिए । […]

Dec 23, 2024 - 15:20
 0
चलचित्र निर्देशक श्याम बेनेगलको निधन

काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको निधन भएको छ । मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ ६ः३८ बजे बेनेगलले अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकी छोरी पियाले बुवा बेनेगल लामो समयदेखि मृगौला रोगबाट पीडित रहेको बताइन् । बेनेगलले १४ डिसेम्बरमा नै आफ्नो ९०औं जन्मदिन मनाएका थिए ।

सबैभन्दा बढी राष्ट्रिय पुरस्कार जित्ने कीर्तिमान श्याम बेनेगलको नाममा छ । उनले ८ चलचित्रका लागि यो अवार्डबाट सम्मानित भएका छन् ।

श्याम बेनेगलका फिल्महरूले भारतीय सिनेमालाई उत्कृष्ट अभिनेताहरू दिए, जसमध्ये नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानी प्रमुख छन् ।

जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि ‘यात्रा’, ‘कथा सागर’ र ‘भारत एक खोज’ सिरियलहरू पनि निर्देशन गरेका थिए ।

श्यामले २४ चलचित्र, ४५ वृत्तचित्र र १५ विज्ञापन चलचित्र बनाएका छन् । उनले जुबैदा, द मेकिंग अफ द महात्मा, नेताजी सुभाष चन्द्र बोस: द फोरगटन हिरो, मण्डी, आरोहण, वेलकम टु सज्जनपुर जस्ता दर्जनौं उत्कृष्ट फिल्महरू निर्देशन गरे ।

फिल्म उद्योगमा उनको योगदानको लागि, उनलाई सन् १९७६ मा पद्मश्री र १९९१ मा पद्मभूषण सम्मानित गरिएको थियो । यसबाहेक उनको खातामा ८ वटा राष्ट्रिय अवार्ड छन् । उनले सबैभन्दा बढी राष्ट्रिय पुरस्कार जित्ने कीर्तिमान राखेका छन् ।

बेनेगललाई २००५ मा भारतीय सिनेमाको सबैभन्दा ठूलो सम्मान दादासाहेब फाल्के अवार्ड पनि दिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register