समाचारको विषयमा पत्रकारलाई धम्की, महासंघले जनायो आपत्ति

काठमाडौँ । केटिएम भ्वाइसका सम्पादक रोयल आचार्य धम्की आएको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयमा धम्की आएपछि महासंघले घटनाप्रति आपत्ति जनाएको हो । पत्रकारलाई धम्की आएको विषयमा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था […]

Nov 22, 2024 - 09:05
 0
समाचारको विषयमा पत्रकारलाई धम्की, महासंघले जनायो आपत्ति

काठमाडौँ । केटिएम भ्वाइसका सम्पादक रोयल आचार्य धम्की आएको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयमा धम्की आएपछि महासंघले घटनाप्रति आपत्ति जनाएको हो ।

पत्रकारलाई धम्की आएको विषयमा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।

समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की नै दिनु कानूनी रुपमा गलत भएको भन्दै महासंघले आपत्ति जनाएको हो । साथै महासंघले धम्की दिनेलाई कानूनी कारबाही गर्न माग गरेको छ । हेर्नुहोस विज्ञप्ति:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register