आइएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यो योजना […]

Nov 22, 2024 - 09:23
 0
आइएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

यो योजना मङ्सिर ६ गते देखि माघ ६ सम्म २ महिनासम्म चलने जनाइएको छ । जसमा हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्ने बताइएको छ ।

यस अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरू गर्नु पर्ने हुन्छ ।

‘यो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो ।’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

यस योजनामार्फत ग्राहकहरूले आफ्नो बैंक खाताहरू लिङ्क गरेर आफ्नै मोबाइलबाट सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्ने उनको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register