ओलीको स्पष्टोक्ति: कम्बोडियाको टेलिकमको लगानी सजिलै थाहा पाउन सकिन्छ, भ्रममा पर्नु पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा कसको लगानी छ भन्ने कुरा सजिलै प्रमाणित गर्न सकिने बताएका छन् । भाइरलम्यान दुर्गा प्रसाईंले लगाएको आरोपको खण्डन गर्दै उनले भ्रममा नपर्न र तथ्य सजिलै हेर्न सकिने बताए । दरबारमार्गमा आयोजित ‘जागरण सभा’मा सम्बोधन गर्दै ओलीले भने, “चार घन्टाभित्र कम्बोडिया पुग्न सकिन्छ । बैंककबाट ४५ मिनेटको उडानमै […]

Nov 22, 2024 - 09:35
 0
ओलीको स्पष्टोक्ति: कम्बोडियाको टेलिकमको लगानी सजिलै थाहा पाउन सकिन्छ, भ्रममा पर्नु पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा कसको लगानी छ भन्ने कुरा सजिलै प्रमाणित गर्न सकिने बताएका छन् । भाइरलम्यान दुर्गा प्रसाईंले लगाएको आरोपको खण्डन गर्दै उनले भ्रममा नपर्न र तथ्य सजिलै हेर्न सकिने बताए ।

दरबारमार्गमा आयोजित ‘जागरण सभा’मा सम्बोधन गर्दै ओलीले भने, “चार घन्टाभित्र कम्बोडिया पुग्न सकिन्छ । बैंककबाट ४५ मिनेटको उडानमै त्यहाँ पुगिन्छ।  त्यहाँ गएर हेर्दा सबै स्पष्ट हुन्छ । तर, यहाँ अनावश्यक भ्रम फैलाएर जनतालाई अलमल्याउन खोजिएको छ ।”

उनले आफैं झुट फैलाउने र अरूको टाउकोमा दोष थोपर्ने प्रवृत्ति रहेको भन्दै  आलोचना गरे । उनले  “आफू बमासी गर्ने । आफैं युट्युबमा बोल्छन्, फेरि त्यही हेरेर मख्ख पर्छन् । अरु पनि भ्रममा परे होलान् भनेर मख्ख हुनछन् । तर, खासमा कोही भ्रममा परेका हुँदैनन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register