५ महिनामा सरकारी ऋण ५८ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालको सरकारी ऋण ५८ अर्बले बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा नेपालको सरकारी ऋण ५८ अर्ब ३१ करोड रुपैयाँले बढेको हो । पाँच महिनामा सरकारी ऋण ५८ अर्बले बढेसँगै अब नेपाल सरकारले मंसिर मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको सार्वजनिक […]

Dec 23, 2024 - 03:29
 0
५ महिनामा सरकारी ऋण ५८ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालको सरकारी ऋण ५८ अर्बले बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा नेपालको सरकारी ऋण ५८ अर्ब ३१ करोड रुपैयाँले बढेको हो ।

पाँच महिनामा सरकारी ऋण ५८ अर्बले बढेसँगै अब नेपाल सरकारले मंसिर मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसअघि गत आर्थिक वर्षको असार मसान्तसम्म भने सरकारले तिर्न बाँकी सरकारी ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register