जागरण सभामा ओलीको ठट्टा : अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीका नेताहरुले विना आधार आरोप लगाउने गरेको बताएका छन् । शुक्रबार पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘केही पार्टीका नेताहरु भन्छन् – यसको कम्बोडियामा लगानी छ, स्वीस बैंकमा पैसा छ, भन्दिए भो, हेर्न जाने होइन’, उनले ठट्टा […]

Nov 22, 2024 - 09:35
 0
जागरण सभामा ओलीको ठट्टा : अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीका नेताहरुले विना आधार आरोप लगाउने गरेको बताएका छन् ।

शुक्रबार पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘केही पार्टीका नेताहरु भन्छन् – यसको कम्बोडियामा लगानी छ, स्वीस बैंकमा पैसा छ, भन्दिए भो, हेर्न जाने होइन’, उनले ठट्टा गर्दै भने, ‘त्यो मात्रै किन अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो । यस्तो फाल्तु कुरा गरेर काम छैन ।’

यसबारे बहस गर्न आए तयार रहेको उनको भनाइ छ । उनले अर्थतन्त्रलाई ध्यस्त बनाएर अराजकता मच्याउने प्रयास भइरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register