सिके राउतको पार्टीका सांसद गोमा लाभलाई हटाउन नमिल्ने सभामुखको निर्णय

काठमाडौं । जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट नहटाइने भएको छ । आफ्नो सांसद् हटाउन भन्दै डा.सिके राउतले गरेको सिफारिसमा सभामुख देवराज घिमिरेले पदबाट नहटाउने निर्णय नगरेको हुन् । संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले बताए । सभामुख घिमिरेले सांसद लाभलाई पार्टीले गरेको अनुशासनको कारबाही पद जाने प्रकृतिको नभएको र पार्टीबाट निकाल्न राजनीतिक […]

Nov 22, 2024 - 09:47
 0
सिके राउतको पार्टीका सांसद गोमा लाभलाई हटाउन नमिल्ने सभामुखको निर्णय

काठमाडौं । जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट नहटाइने भएको छ ।

आफ्नो सांसद् हटाउन भन्दै डा.सिके राउतले गरेको सिफारिसमा सभामुख देवराज घिमिरेले पदबाट नहटाउने निर्णय नगरेको हुन् ।

संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले बताए ।

सभामुख घिमिरेले सांसद लाभलाई पार्टीले गरेको अनुशासनको कारबाही पद जाने प्रकृतिको नभएको र पार्टीबाट निकाल्न राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान प्रयोग नभएको उल्लेख गर्दै उनलाई पदबाट हटाउन इन्कार गरेका हुन् ।
अध्यक्ष राउतले संसद सचिवालयलाई पठाएको पत्रमा सांसद लाभले ‘ठेकेदारसँग पैसा मागेको, पार्टी फुटाउन छलफल अघि बढाएको आरोप’ लगाइएको थियो ।

सांसद लाभले उक्त आरोप अस्वीकार गरेको थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register