माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री राईको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट ग्रसित राईको उपचारका क्रममा शनिबार वीर अस्पतालमा निधन भएको बताइएको छ । माओवादी केन्द्रका नेता सुनद किरातीले राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको जानकारी दिए । उनी  भोजपुर षडानन्द नगरपालिका बोयाका स्थायी बासिन्दा हुन् […]

Nov 23, 2024 - 15:53
 0
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री राईको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट ग्रसित राईको उपचारका क्रममा शनिबार वीर अस्पतालमा निधन भएको बताइएको छ ।

माओवादी केन्द्रका नेता सुनद किरातीले राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको जानकारी दिए । उनी  भोजपुर षडानन्द नगरपालिका बोयाका स्थायी बासिन्दा हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राईको निधनले दुखित बनाएको बताएका छन् । प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register