पाकिस्तानको आणविक कार्यक्रममा कुनै सम्झौता हुँदैन– प्रधानमन्त्री शरीफ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन् । पाकिस्तानको आणविक कार्यक्रमको उद्देश्य पाकिस्तानको रक्षा गर्नु रहेको बताउँदै शरीफले आफूहरूले यसमा कुनै सम्झौता नगर्ने बताएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । ‘राष्ट्रिय विकास कम्प्लेक्स (एनडीसी) र अन्य पाकिस्तानी संस्थाहरूमा प्रतिबन्ध लगाउनु अनुचित हो,’ उनले भने, […]

Dec 25, 2024 - 03:08
 0
पाकिस्तानको आणविक कार्यक्रममा कुनै सम्झौता हुँदैन– प्रधानमन्त्री शरीफ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन् ।

पाकिस्तानको आणविक कार्यक्रमको उद्देश्य पाकिस्तानको रक्षा गर्नु रहेको बताउँदै शरीफले आफूहरूले यसमा कुनै सम्झौता नगर्ने बताएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

‘राष्ट्रिय विकास कम्प्लेक्स (एनडीसी) र अन्य पाकिस्तानी संस्थाहरूमा प्रतिबन्ध लगाउनु अनुचित हो,’ उनले भने, ‘पाकिस्तानको आणविक कार्यक्रम कुनै राजनीतिक दलको होइन, यसको २४ करोड जनताको हो । यसमा कुनै सम्झौता हुँदैन ।’

हालै, बाइडन प्रशासनले आणविक हतियारहरूले सुसज्जित पाकिस्तानको लामो दूरीको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएका चार संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ ।

यसमा राष्ट्रिय विकास कम्प्लेक्ससहित यो मिसाइल कार्यक्रम अनुगमन गर्ने सरकारी संस्था समावेश छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register