आउँदो क्याबिनेटमार्फत धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सरकारको तयारी, सन्तोष नारायण श्रेष्ठकै पक्षमा माहोल !

काठमाडौँ । सरकारले आउँदो क्याबिनेटमार्फत धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने भएको छ । लामो समयदेखि रिक्त बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्ति दिन लागेको हो । बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्तामा बाँकीलाई आज अन्तर्वार्ता लिने क्रम भईरहेको छ  । अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । […]

Nov 24, 2024 - 04:35
 0
आउँदो क्याबिनेटमार्फत धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सरकारको तयारी, सन्तोष नारायण श्रेष्ठकै पक्षमा माहोल !
काठमाडौँ । सरकारले आउँदो क्याबिनेटमार्फत धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने भएको छ । लामो समयदेखि रिक्त बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्ति दिन लागेको हो ।

बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्तामा बाँकीलाई आज अन्तर्वार्ता लिने क्रम भईरहेको छ  ।

अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सर्ट लिष्टमा परेकाहरुमध्ये सन्तोष नारायण श्रेष्ठको पक्षमा माहोल बनेको चर्चा स्वयम् अर्थ मन्त्रालयमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register