मस्कले एक्कासि ४० प्रतिशतले बढाए एक्सको प्रिमियम प्लस सब्स्क्रिप्सनको शुल्क
काठमाडौं । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर)ले प्रिमियम प्सल सब्स्क्रिप्सनको मूल्य अप्रत्यासित रूपमा बढाएको छ । कम्पनीले २१ डिसेम्बरदेखि प्रिमियम प्लसको शुल्क लगभग ४० प्रतिशतले बढाएको हो । यसअघि अमेरिकामा प्रिमियम प्लस सब्स्क्रिप्सनको मासिक शुल्क १६ अमेरिकी डलर थियो । त्यसलाई बढाएर कम्पनीले मासिक २२ डलर पुर्‍याएको छ । अर्थात् यसअघि वार्षिक १६८ डलर तिर्ने प्रयोगकर्ताले अब २२९ डलर तिर्नुपर्नेछ । थुप्रै युरोपेली देश जस्तै फ्रान्स, जर्मनी र स्पेनमा पनि यसको शूल्क बढाइएको छ । क्यानडा ($२०), अस्ट्रेलिया (...

What's Your Reaction?






