‘गँगटे–गोल्फुभञ्याङ सडक’ कालाेपत्र गर्न सुरु

त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति’ कार्य सुरू भएको छ । दुप्चेश्वर गाँउपालिका–६ स्थित समुन्द्रटारमा आज आयोजित सडक कालोपत्रस्तरको स्तरउन्नति कार्यको नेपाली कांगेसका प्रवक्ता डा प्रकाशशरण महतले शुभारम्भ गर्दै तोकिएको अवधिभित्र गुणस्तरीय कामसहित सम्पन्न गर्न ध्यानाकर्षण गराए । गत आर्थिक वर्षमा आफू अर्थमन्त्री रहदाँ […]

Nov 26, 2024 - 00:17
 0
‘गँगटे–गोल्फुभञ्याङ सडक’ कालाेपत्र गर्न सुरु

त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति’ कार्य सुरू भएको छ । दुप्चेश्वर गाँउपालिका–६ स्थित समुन्द्रटारमा आज आयोजित सडक कालोपत्रस्तरको स्तरउन्नति कार्यको नेपाली कांगेसका प्रवक्ता डा प्रकाशशरण महतले शुभारम्भ गर्दै तोकिएको अवधिभित्र गुणस्तरीय कामसहित सम्पन्न गर्न ध्यानाकर्षण गराए ।

गत आर्थिक वर्षमा आफू अर्थमन्त्री रहदाँ रू एक अर्ब २० करोडको श्रोत सुनिश्चित गरेर ठेक्का लगाएको उक्त योजना सरकार परिवर्तनपश्चात कटौती हुदाँ दबाब र खबरदारी मार्फत बजेट पुनःबहाली गराउन सफल भएको स्मरण गराउदै अब कार्यान्वयनको पक्षमा कुनै कमजोरी हुन नदिन पूर्वमन्त्री डा महतले सचेत गराए ।

‘जनताको माग र देशको विकासको लागी तर्जुमा भएका योजना कार्यान्वयनसम्म ल्याउन निकै सङ्घर्ष गरेका छौँ,’ उनले भने, ‘कार्यान्वयनमा सडक डिभिजन र निर्माण व्यवसायीले सोहीअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ । लाभग्राही जनताले बाधा अवरोध नगरी सचेत भएर सहयोग पु¥याउनुपर्दछ ।’

आर्थिक वर्ष २०८०–८१ मा विनियोजित बजेटको उक्त योजनामा बहुबर्षीय ठेक्का लगाएर गत फागुनमा नै काम सुरु हुनुपर्ने भए पनि कांग्रेस सरकारबाट बाहिरिए पश्चात योजना खारेजीको प्रक्रियामा पुगेको थियो । निरन्तरको खबरदारी र दबाबले पुनःबहाली भएको उक्त योजनाको कार्यान्वयनले यहाँको जनतामा आउने जीवनस्तरको परिवर्तनले ठूलो महत्त्व राख्ने पूर्वअर्थमन्त्री महतको भनाइ छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्ने लिखु गाउँपालिकाको ढिकुरे बजारबाट सुरू हुने उक्त योजना सूर्यगढी, तादीको छ । सडक निर्माणले जिल्लाको दुर्गम तथा पिछडिएको क्षेत्रको आर्थिक, सामाजिक एवं शैक्षित्र क्षेत्रको विकासमा चमत्कारी परिवर्तन ल्याउन सकिने नेकपा ९एमाले० का नुवाकोट अध्यक्ष बद्री मैनालीले बताए ।

योजनाअन्तर्गत ढिकुरे–समुन्द्रटार २२ किमीमा हाल कायम रहेको कालोपत्रसहितको सडकको स्तरउन्नति गर्न र समुन्द्रटा र–गोल्फुभञ्याङ २३ किमीको धुले सडकलाई स्तरउन्नतिसहित कालोपत्र गर्ने काम एकैसाथ दुई प्याकेजमा अघि बढाउन अध्यक्ष मैनालीले सुझाव दिए ।

काठमाडौं जोडिने हुँदा अहिले दुर्गममा रहेका भूगोललाई सिधैँ राजधानीसँग जोडेर विकासका विभिन्न आयामका परिवर्तन ल्याउन सकिने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख छ ।

सडक निर्माणको जिम्मेवारी महालक्ष्मी–अमृत–जलुकेनी–जेभीले तीन वर्षभित्र पूरा गर्न रू ६८ करोड ५६ लाखमा जिम्मेवारी पाएको छ । सडक स्तरउन्नति, चौडा विस्तार, ढल नाली तयार गरेर अस्फाल्ट प्रविधियुक्त कालोपत्र गर्न तोकिएको अवधिमा कुनै समस्या नभएको निर्माण व्यवसायी सुशील फुयाँलले प्रतिबद्धता जनाए ।

निर्माण व्यवसायीलाई तोकिएको अवधिभित्र कार्य पूरा गर्न निर्माण सामग्रीको सहज आपूर्ति र कार्य क्षेत्रमा सुरक्षा बन्दोवस्ती मिलाउन लाभान्वित हुने चारवटै पालिकाको अध्यक्षले प्रतिबद्धता जनाएका छन् ।

कार्य सम्पन्नको लागी चालु आवमा रू १० करोड मात्र बजेट प्राप्त भएको सडक डिभिजन नुवाकोटका प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए । तीन वर्षभित्र सडकको कालेपत्र सम्पन्न गर्न चालु आवमा रू ४० करोडको काम हुनुपर्ने छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register