नाटो र युक्रेनबीच रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

काठमाडौं । युक्रेन र नाटोका ३२ सदस्य राष्ट्रका राजदूतले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केन्द्रित रहेर मंगलबार ब्रसेल्समा भेटवार्ता गरेका छन् । रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए । क्रेमलिनका नेताले युक्रेनलाई रूसविरुद्ध आफ्नो हतियार […]

Nov 26, 2024 - 10:05
 0
नाटो र युक्रेनबीच रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

काठमाडौं । युक्रेन र नाटोका ३२ सदस्य राष्ट्रका राजदूतले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केन्द्रित रहेर मंगलबार ब्रसेल्समा भेटवार्ता गरेका छन् ।

रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए ।

क्रेमलिनका नेताले युक्रेनलाई रूसविरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई “अधिकार“ प्राप्त भएको भएको चेतावनी दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गरेका छन् ।

नाटो–युक्रेन काउन्सिलको बैठक पछि किभले “ठोस र अर्थपूर्ण परिणामहरू“ प्राप्त गर्ने आशा गरेको छ । यद्देपी नाटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको खुलासा गरेका छैनन् ।

मस्कोको नयाँ हतियारको तैनातीले “नाटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने वार्ताका सहभागीहरुले जनाएका छन् ।

बैठकले “युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडियो लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रीफिंग समावेश गर्ने नाटोका एक अधिकारीले बताएका छन् ।

मुख्य नाटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यका बारेमा प्रश्नहरू उठिरहेको समयमा युक्रेनलाई तनाव बढेको छ ।

ट्रम्पले किएभका लागि वासिङ्टनको सैन्य सहायता कायम राख्नमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गरेका छन् ।

नाटोका वरिष्ठ कमान्डर रोब बाउरले भने, “म कल्पना गर्न सक्दिनँ कि पुटिनलाई विजेताका रूपमा ती सम्भावित वार्ताबाट बाहिर निस्कन अनुमति दिनु अमेरिकाको हितमा छ“ ।

युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रूसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन् । नाटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register