साथी ‘सुखमा पनि, दुःखमा पनि’द्वारा कचनकवलका दुई जनालाई ह्वील चियर

कचनकवल, २० पुस । साथी ‘सुखमा पनि, दुःखमा पनि’ संस्थाले झापाको कचनकवल गाउँपालिकाका दुई अपाङ्ग व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ। संस्थाले कचनकवल १  का पूर्ण अशक्त  इमानसिंह लिम्बू र कचनकवल–२ का तुलसी गुरुङलाई ह्विलचेयर प्रदान गरेको हो। वितरण कार्य राष्ट्रिय युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको विशेष पहलमा सम्पन्न भएको हो। कार्यक्रममा कचनकवल अपाङ्ग संस्थाका [...] The post साथी ‘सुखमा पनि, दुःखमा पनि’द्वारा कचनकवलका दुई जनालाई ह्वील चियर appeared first on Jhapa Online.

Jan 4, 2025 - 14:48
 0
साथी ‘सुखमा पनि, दुःखमा पनि’द्वारा कचनकवलका दुई जनालाई ह्वील चियर

कचनकवल, २० पुस । साथी ‘सुखमा पनि, दुःखमा पनि’ संस्थाले झापाको कचनकवल गाउँपालिकाका दुई अपाङ्ग व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ।

संस्थाले कचनकवल १  का पूर्ण अशक्त  इमानसिंह लिम्बू र कचनकवल–२ का तुलसी गुरुङलाई ह्विलचेयर प्रदान गरेको हो। वितरण कार्य राष्ट्रिय युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको विशेष पहलमा सम्पन्न भएको हो।

कार्यक्रममा कचनकवल अपाङ्ग संस्थाका सचिव जितबहादुर गुरुङलगायतको उपस्थितिमा ह्विलचेयर हस्तान्तरण गरिएको थियो। ‘सुखमा पनि, दुःखमा पनि’ संस्था भद्रपुर उच्च माविको २०५४र५५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूद्वारा स्थापित सामाजिक संस्था हो। यो समूहले विभिन्न सामाजिक काम गर्दै आएको छ।

संस्थाका अध्यक्ष विश्वराज थापाले आफ्नो प्रयास अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन केन्द्रित रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगी अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

The post साथी ‘सुखमा पनि, दुःखमा पनि’द्वारा कचनकवलका दुई जनालाई ह्वील चियर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register