निसान पदयात्रीलाई स्वागत गर्न तम्तयार माईजोगमाईको हात्तीटार

रोशन काफ्लेमाईजोगमाई, २० पुस । माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको हो । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी भएको स्थानीय सुरेश भट्टराईले जानकारी दिए । वडाध्यक्ष डुरन देवान संयोजकत्वमा पदयात्राको स्थानीय व्यवस्थापन समितिसमेत गठन [...] The post निसान पदयात्रीलाई स्वागत गर्न तम्तयार माईजोगमाईको हात्तीटार appeared first on Jhapa Online.

Jan 4, 2025 - 14:45
 0
निसान पदयात्रीलाई स्वागत गर्न तम्तयार माईजोगमाईको हात्तीटार

रोशन काफ्ले
माईजोगमाई, २० पुस ।
माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको हो ।

पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी भएको स्थानीय सुरेश भट्टराईले जानकारी दिए । वडाध्यक्ष डुरन देवान संयोजकत्वमा पदयात्राको स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ ।

पुस २४ देखि २६ सम्म निसान पदयात्रा हुँदैछ । नेपाल एकीकरणताका तत्कालीन श्रीनाथ पल्टनले पूूर्वी सीमा विजय गरेर नागरीगढीमा गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको हो ।

यसरी गाढिएका निसान सुगौली सन्धीपछि फर्काएर ल्याइएको थियो । फर्काएर ल्याउँदा बाटामा छोटो र लामो अवधि राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सीमा मेचीबजारबाट २४ गते बिहान पदयात्रा शुभारम्भ गरिने पदयात्रा आयोजक समितिले जनाएको छ ।
करिब सय जना सहभागी हुने पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णेडाँडामा त्यस दिन आउने छ । पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिनेछ । उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार आउनेछ ।

२६ गते बिहान नामसालिङ हात्तीटारबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माइस्थानमा आउनेछ ।इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । निसान पदमार्ग ४१.१ किलोमिटरको छ ।

The post निसान पदयात्रीलाई स्वागत गर्न तम्तयार माईजोगमाईको हात्तीटार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register