बिर्तामोडमा अपाङ्गता भएका २१६ जनालाई नयाँ कार्ड

बिर्तामोड, २० पुस । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरीएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ [...] The post बिर्तामोडमा अपाङ्गता भएका २१६ जनालाई नयाँ कार्ड appeared first on Jhapa Online.

Jan 4, 2025 - 14:51
 0
बिर्तामोडमा अपाङ्गता भएका २१६ जनालाई नयाँ कार्ड

बिर्तामोड, २० पुस । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ ।

गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरीएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरीएको हो । थप ४ जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा ४ भागमा वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा पर्नेको लागि पहेँलो र घ वर्गमा पर्नेको लागि सेतो रंगमा कार्ड वितरण हुने गर्दछ ।

करुणा फाउण्डेसनसंगको सहकार्यमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको अपाङ्ग‌ता रोकथाम तथा पुनस् स्थापना कार्यक्रम अन्तर्गतको यस शिविरमा दशैवटा वडामा गरी ७ सय ७२ जनाले सेवा लिएका छन् ।

शिविरमा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण गरीएको थियो । उनीहरुको स्वास्थ्य उपचार मात्र नभई शारीरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन गरीएको करुणा फाउण्डेसनले जनाएको छ ।

The post बिर्तामोडमा अपाङ्गता भएका २१६ जनालाई नयाँ कार्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register