भीमसेन सहकारीको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
चन्द्र बस्नेतकनकाई, २० पुस । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको आज सुरुङ्गामा भएको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो । संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा दिव्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्ठ, सह–सचिवमा अनिता श्रेष्ठ [...] The post भीमसेन सहकारीको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत appeared first on Jhapa Online.

चन्द्र बस्नेत
कनकाई, २० पुस । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको आज सुरुङ्गामा भएको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो ।
संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा दिव्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्ठ, सह–सचिवमा अनिता श्रेष्ठ र सदस्यमा निता श्रेष्ठ, मैयाकुमारी चौहान, तीर्थराज खरेल, भोजकुमार श्रेष्ठ र तीर्थबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी लेखा समितिको संयोजकमा कमलप्रसाद भट्टराई, सदस्यमा कुमार पाठक र उर्मिला खड्का सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिमा संयोजक खेमराज भट्टराई, सदस्यमा मीनकुमार प्रधान र यशोदा श्रेष्ठ रहनुभएको छ।
संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष अस्वस्थ भएका कारण अध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य तीर्थराज खरेलले प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा जेष्ठ सदस्यका रुपमा कमलादेबी श्रेष्ठ, पदमबहादुर श्रेष्ठ, दुर्गादेबी प्रधान, कृष्णप्रसाद पोखरेल र रुद्रनारायण श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । असल बचतकर्ताका रुपमा रामबाबु महर्जन र कामेश्वरलाल कर्ण, असल ऋणिका रुपमा रामप्रसाद कोइराला र सरस्वतीदेबी श्रेष्ठ साथै उत्कृष्ट कर्मचारीका रुपमा जुनु खनाल अधिकारीलाई नगदसहित सम्मान गरिएको संस्थाका व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चम्लागाई, संस्थाका संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, दोमुखा सहकारीका सचिव खगेन्द्रप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए । स्वागत संस्थाको उपाध्यक्ष रत्नकुमार श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
The post भीमसेन सहकारीको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत appeared first on Jhapa Online.
What's Your Reaction?






