लागुऔषधसहित आठ जना पक्राउ

झापा, ११ मंसिर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–७ का ३८ बर्षीय सन्देश बस्नेतलाई उनकै घरबाट ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्यापसुल [...] The post लागुऔषधसहित आठ जना पक्राउ appeared first on Jhapa Online.

Nov 26, 2024 - 10:24
 0
लागुऔषधसहित आठ जना पक्राउ

झापा, ११ मंसिर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–७ का ३८ बर्षीय सन्देश बस्नेतलाई उनकै घरबाट ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्यापसुल डिकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ भने प्रहरी चौकी कुन्जिबारीको गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–१ का २१ बर्षीय उत्तम राजबंशी, १९ बर्षीय गोबिन्द राजबंशी र किरण कोच समेतलाई ९०० मिलिग्राम ब्राउन सुगर, नाइट्राक्रस ८० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी सोमबार नै सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का १८ वर्षीय सुजन तामाङ, १८ वर्षीय पर्वत तामाङ र मोरङ बेलबारी–१ का १८ वर्षीय सारुहाङ राईलाई ट्रामाडोल ९५ क्याप्सुल र स्पास्पेन ९५ क्याप्सुलसहित अस्थायी प्रहरी चौकी बाङ्गेले र बेलबारी–२ का २० वर्षीय राकेश लिम्बूलाई विराटनगर बसपार्कबाट ७९ वटा एम्पुल (फेनारगन, एभिल, डाईजेपाम) सहित सहित वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

The post लागुऔषधसहित आठ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register