विश्वका सबैभन्दा वृद्ध पुरुष बेलायती नागरिकको मृत्यु

लन्डन–विश्वका सबैभन्दा वृद्ध पुरुष बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टस्थित केयर होममा सोमबार निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उधृत गर्दै बताएको छ । टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए […]

Nov 26, 2024 - 20:58
 0
विश्वका सबैभन्दा वृद्ध पुरुष बेलायती नागरिकको मृत्यु

लन्डन–विश्वका सबैभन्दा वृद्ध पुरुष बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टस्थित केयर होममा सोमबार निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उधृत गर्दै बताएको छ ।

टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए ।

“उनको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”

टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायूको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।

“तपाई या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उनले भनेका थिए ।

उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए । “यदि तपाई धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईले धेरै केही गर्नुभयो भने तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भनेका थिए ।

दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरुमा हिसाब किताबको काम गरे । उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए भने हरेक शुक्रबार माछा र चिप्स खाने गर्थे ।

विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register