रसुवामा सभा हल निर्माण कार्य द्रुत गतिमा

रसुवा । तत्कालीन जिल्ला पन्चायतको मातहतमा रहने गरी २०३२ सालमा निर्माण भएको सभा हल २०७२ सालको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति भएकोले सभा हलको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ  ।  सघन सहरी तथा भवन निर्माण आयोजना धादिङको बजेटबाट जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरेको विशेष पहलमा जेबी कन्स्ट्रक्सन प्रालि रसुवाले ठेक्का पाएकोले  ९ […]

Jan 4, 2025 - 05:46
 0
रसुवामा सभा हल निर्माण कार्य द्रुत गतिमा

रसुवा ।

तत्कालीन जिल्ला पन्चायतको मातहतमा रहने गरी २०३२ सालमा निर्माण भएको सभा हल २०७२ सालको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति भएकोले सभा हलको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ  । 

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङको बजेटबाट जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरेको विशेष पहलमा जेबी कन्स्ट्रक्सन प्रालि रसुवाले ठेक्का पाएकोले  ९ वर्षपछि करिव १ करोड ९० लाख मा दुई सय देखि तीन सय सम्मको क्षमता भएको उक्त सभा हल नमुना योग्य बन्ने विश्वास रहेको जिसस प्रमुख अशोक कुमार घिमिरे ले  बताएका छन् । 

तत्कालीन जिल्ला विकास समितिको मातहतमा रहेको सभा हल धुन्चे वासीहरुले घेवा र विवाह गर्ने स्थल थियो र जिल्ला को कुनै पनि कार्यक्रम सभा सम्मेलन गर्ने स्थल समेत रहेको ठेकेदार छेसिङगी तामाङ  लामाले जानकारी दिए । 

सभा हलमा मेला महोत्सव हुन्थ्यो । यसले पनि जिल्ला लाई चिनाएको थियो । आगामी दिनहरुमा पहिलो भन्दा राम्रो बन्नेमा जिल्ला वासीहरुले विश्वास लिएका छन् ।

२०८० सालको आधाआधीबाट निर्माण कार्य सुरु गरी  ८१ सालको असार मसान्तसम्म मा निर्माण सकिने भनिएता पनि  प्राविधिक बाटो नपुग्ने भएकाले अब छिट्टै बन्ने ठेकेदार छेसिङगी तामाङ लामाको भनाई रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register