विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला नागार्जुन  नगरपालिका वडा नं. ०५  सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र टोखा नगरपालिका वडा नं. ८ बस्ने  २८ वर्षिया मनिषा कुमारी रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको […]

Nov 27, 2024 - 05:53
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला नागार्जुन  नगरपालिका वडा नं. ०५  सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र टोखा नगरपालिका वडा नं. ८ बस्ने  २८ वर्षिया मनिषा कुमारी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सुवर्ण कुमार बलले एक जनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख रुपैयाँ र मनिषा कुमारीले एक जनालाई दुबई पठाउने भन्दै २ लाख ४५ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register