एसिया कपको लागि नेपाली टोली युएई लागे

झापा, १२ मंसिर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रबारदेखि युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । १५ सदस्यीय नेपाली टोलीको बुधवार त्यसतर्फ प्रस्थान गरेको हो । केही दिनअघि भारतको कनार्टक यु १९ सँगको ५ खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो । [...] The post एसिया कपको लागि नेपाली टोली युएई लागे appeared first on Jhapa Online.

Nov 27, 2024 - 14:42
 0
एसिया कपको लागि नेपाली टोली युएई लागे

झापा, १२ मंसिर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रबारदेखि युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

१५ सदस्यीय नेपाली टोलीको बुधवार त्यसतर्फ प्रस्थान गरेको हो । केही दिनअघि भारतको कनार्टक यु १९ सँगको ५ खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । नेपाली युवा टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त छन् ।

एसिया कप प्रतियोगिता मङ्सिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँग रहेको छ । दोस्रो खेलमा मङ्सिर १६ गते बङ्गलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मङ्सिर १८ गते मा अफगानिस्तानसँग खेल्नेछ । खेल ५० ओभरको हुनेछ ।

एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मङ्सिर २३ गते हुनेछ ।

The post एसिया कपको लागि नेपाली टोली युएई लागे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register