टुँडीखेलमा जुम्ली भैलोको रौनक (तस्विरहरु)

काठमाडौं । जुम्लाका विभिन्न स्थानबाट राजधानी काठमाडौंमा बसोबास गर्ने जुम्ला बासीहरुले जुम्ली भैलो मनाएका छन् । पुसको कृष्ण औंसीदेखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो जुम्ला बासीहरुले काठमाडौंको टुँडीखेलमा जम्मा भएर मनाएका हुन् । जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौंमा त्यो सम्भव नभएको कारण दिनमा भैलो खेल्न टुँडीखेलमा जम्मा भएको धनादेबी पाण्डेले बताएकी छिन् । आफ्नो […]

Dec 31, 2024 - 11:02
 0
टुँडीखेलमा जुम्ली भैलोको रौनक (तस्विरहरु)

काठमाडौं । जुम्लाका विभिन्न स्थानबाट राजधानी काठमाडौंमा बसोबास गर्ने जुम्ला बासीहरुले जुम्ली भैलो मनाएका छन् । पुसको कृष्ण औंसीदेखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो जुम्ला बासीहरुले काठमाडौंको टुँडीखेलमा जम्मा भएर मनाएका हुन् ।

जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौंमा त्यो सम्भव नभएको कारण दिनमा भैलो खेल्न टुँडीखेलमा जम्मा भएको धनादेबी पाण्डेले बताएकी छिन् । आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुख–दुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको पाण्डेले बताइन् ।

नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंसी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ । तर कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने चलन रहेको छ । स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन् जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ ।

बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन् । प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औंसीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ । जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी पनि भनिन्छ । त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन् । नुन दिन्छन् । कागलाई पनि खानेकुरा दिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register