लगानीकर्ताले धितोपत्र बोर्डसँग मागे कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण

काठमाडौँ । सेयर लगानीकर्ताहरुले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण मागेका छन् । धितोपत्र बोर्डका नाममा पत्र लेख्दै लगानीकर्ताले राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णालीको सेयर रोक्का गर्नुको कारण मागेका हुन् । ‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगत गर्नको लागि कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन […]

Dec 31, 2024 - 11:05
 0
लगानीकर्ताले धितोपत्र बोर्डसँग मागे कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण

काठमाडौँ । सेयर लगानीकर्ताहरुले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण मागेका छन् । धितोपत्र बोर्डका नाममा पत्र लेख्दै लगानीकर्ताले राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णालीको सेयर रोक्का गर्नुको कारण मागेका हुन् ।

‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगत गर्नको लागि कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो ?’, लगानीकर्ताले बोर्डमा पठाएको पत्रमा उल्लेख छ ।

उक्त पत्र धितोपत्र बोर्डमा सेयर लगानीकर्ता दिपेन भण्डारी, सन्तोष भण्डारी, यादबा थापा र लक्ष्मण महताराले दर्ता गराएका हुन् ।

उनीहरुले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ अनुसार सार्वजनिक सरोकारका विषयमा सूचना माग गरिएको पत्रमा उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register