अब १८ वर्षभन्दा कम उमेरकाले टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने !

काठमाडौं । विश्वव्यापी रूपमा १ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोर किशोरीको लागि ब्युटी फिल्टर प्रयोग गर्न नदिने भएको छ । मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सौन्दर्य फिल्टरमा कडा प्रतिबन्धको घोषणा गरेको हो । अब १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अनुहारको छाला चम्काउने , आँखा राम्रो देखाउने, ओठ चम्किलो बनाउने वा रङ्ग परिवर्तन गर्ने […]

Nov 28, 2024 - 08:11
 0
अब १८ वर्षभन्दा कम उमेरकाले टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने !

काठमाडौं । विश्वव्यापी रूपमा १ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोर किशोरीको लागि ब्युटी फिल्टर प्रयोग गर्न नदिने भएको छ ।

मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सौन्दर्य फिल्टरमा कडा प्रतिबन्धको घोषणा गरेको हो ।

अब १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अनुहारको छाला चम्काउने , आँखा राम्रो देखाउने, ओठ चम्किलो बनाउने वा रङ्ग परिवर्तन गर्ने जस्ता सौन्दर्य फिल्टरहरू प्रयोग गर्न पाउने छैनन् ।

यस्ता फिल्टरहरू जसले अनुहारलाई मेकअपले पनि गर्न नसक्ने रूपमा परिवर्तन गर्छन्, तीमाथि रोक लगाइने भएको हो ।

यो नियम केही हप्ताभित्र लागू हुनेछ । तर, हास्यात्मक प्रभाव दिने फिल्टर जस्तै खरायोका कान वा कुकुरको नाक, जिब्रो थप्ने फिल्टरहरू भने प्रयोग गर्न पाउने छन् ।

टिकटकमा उपलब्ध सौन्दर्य फिल्टरहरूले किशोरकिशोरी, विशेष गरी किशोरीहरूलाई शारीरिक रूपमा आकर्षक देखिन दबाब दिइरहेको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।

कतिपय किशोर किशोरीहरूले यस्ता फिल्टर प्रयोग गरेपछि आफ्नो वास्तविक अनुहारलाई कुरूप महसुस गरेको अनुभव सेयर गरेका छन् ।

१३ वर्षमुनिका प्रयोगकर्तामाथि थप कडाइ

टिकटकले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लेटफर्म प्रयोग गर्नबाट रोक्न नयाँ प्रविधि ल्याउने घोषणा पनि गरेको छ । यो प्रविधिले प्रयोगकर्ताको वास्तविक उमेर पत्ता लगाउन मेसिन लर्निङको प्रयोग गर्नेछ ।

कम्पनीले हरेक तीन महिनामा २ करोड खाताहरू हटाउँदै आएको छ, जसमा उमेरसम्बन्धी नियम उल्लंघन गर्नेहरू पर्दछन् । अब नयाँ नियमले हजारौँ बालबालिकालाई प्लेटफर्मबाट हटाउन सक्छ ।

विशेषज्ञहरूले भनेका छन् कि यो कदम प्रशंसनीय भए पनि सामाजिक सञ्जाल प्लेटफर्महरूले आफ्ना डिजाइनका कमजोरीहरू सच्याउन र किशोर किशोरीमाथि पर्ने नकारात्मक प्रभावलाई कम गर्न थप कदम चाल्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register