दुर्गा प्रसाईंले ऋण तिर्नैपर्ने अदालतको आदेश, अस्पताल लिलामको खतरा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋण तिर्न अब कानुनी बाध्यता आएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गर्दै बैंकलाई ऋण असुलीको बाटो खुला गरिदिएको छ । कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण तिर्न ताकेता भएपछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले निषेधाज्ञाको रिट दायर गरेका थिए । तर, न्यायाधीशद्वय विपुल […]

Dec 18, 2024 - 10:15
 0
दुर्गा प्रसाईंले ऋण तिर्नैपर्ने अदालतको आदेश, अस्पताल लिलामको खतरा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋण तिर्न अब कानुनी बाध्यता आएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गर्दै बैंकलाई ऋण असुलीको बाटो खुला गरिदिएको छ ।

कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण तिर्न ताकेता भएपछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले निषेधाज्ञाको रिट दायर गरेका थिए । तर, न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

अदालतको यो आदेशसँगै बैंकले अब प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत लिलाम गर्न सक्नेछ । केही दिनमा आदेशको पूर्णपाठ सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय प्रसाईंले आफूले लिएको ऋण मिनाहा गर्नुपर्ने र नतिर्ने अभिव्यक्ति दिँदै आएका थिए । उनको यस्तो अभियानले ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाहरूलाई ऋण असुली गर्न कठिनाइ निम्त्याएको थियो ।

अब, अदालतको आदेशपछि प्रसाईंलाई ऋण तिर्नैपर्ने स्थिति आएको छ। यदि उनले तिर्न असफल भए, उनको अस्पताल लिलाम हुन सक्ने खतरा बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register