प्रम ओलीको कम्बोडियाको टेलिकममा लगानी प्रकरण : दुर्गा प्रसाईंले स्वीकारे गल्ती, देखाए युट्युबरलाई दोष

झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् । ‘कागजत झुट रहेछ’ प्रसाईंको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, [...] The post प्रम ओलीको कम्बोडियाको टेलिकममा लगानी प्रकरण : दुर्गा प्रसाईंले स्वीकारे गल्ती, देखाए युट्युबरलाई दोष appeared first on Jhapa Online.

Nov 29, 2024 - 17:06
 0
प्रम ओलीको कम्बोडियाको टेलिकममा लगानी प्रकरण : दुर्गा प्रसाईंले स्वीकारे गल्ती, देखाए युट्युबरलाई दोष

झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् ।

‘कागजत झुट रहेछ’ प्रसाईंको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘युट्युबरले तयार गरेका हुन् मैले सार्वजनिक मात्र गरेको हुँ ।’ कागजात तयार गर्न आफूले १ करोड बुझाएको भन्दै पत्रकार सम्मेलन गरेका प्रसाईंले रकम बुझाएको कुरा पनि अस्वीकार गरेका छन् । अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । प्रसाईँ मंसिर ४ मा पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । साइबरसँगै अन्य कसुरपनि आकर्षित हुने देखिएसँगै अरू मुद्दामा पनि अनुसन्धान थालिएको सीआईबीका एकजना अधिकृतले बताए । प्रहरीले प्रसाईँविरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

The post प्रम ओलीको कम्बोडियाको टेलिकममा लगानी प्रकरण : दुर्गा प्रसाईंले स्वीकारे गल्ती, देखाए युट्युबरलाई दोष appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register