२३औं हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ (तस्वीरहरू)

सिन्धुपाल्चोक । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आज शनिबारदेखि २३औं हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ । राफ्टिङ व्यवसायीहरुको छाता सङ्गठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी “नारा”ले आयोजना गरेको उक्त च्यालेन्जको पहिलो दिन शनिबार बलेफी स्थित ब्राह्मायणी (बलेफी) नदीमा “स्लालोम” प्रतियोगिता र सुनकोशी (तल्लो भोटेकोशी) नदिमा “डाउन स्ट्रीम कायाक रेस” प्रतियोगिता सम्पन्न भएको छ […]

Jan 4, 2025 - 10:44
 0
२३औं हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ (तस्वीरहरू)

सिन्धुपाल्चोक । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आज शनिबारदेखि २३औं हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ ।

राफ्टिङ व्यवसायीहरुको छाता सङ्गठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी “नारा”ले आयोजना गरेको उक्त च्यालेन्जको पहिलो दिन शनिबार बलेफी स्थित ब्राह्मायणी (बलेफी) नदीमा “स्लालोम” प्रतियोगिता र सुनकोशी (तल्लो भोटेकोशी) नदिमा “डाउन स्ट्रीम कायाक रेस” प्रतियोगिता सम्पन्न भएको छ ।

१८ जना कायाकरले भाग लिएका स्लालोम र डाउन स्ट्रीम कायाक रेसमा प्रथम हुने प्रतियोगीले नगद ५००० का साथै मेडल अनि प्रमाणपत्र पाउने छन् ।

यसैगरी पोइन्टको आधारमा माथिका दुबै बिधामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १५०००, १००००, ५००० नगदका साथै मेडल अनि प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आइतबार गरिने ‘नारा’ महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register