उपचार खर्च नपाएर उत्तराखण्डमा मृत्युसँग लड्दै मंगल 

बाजुरा।     बाजुराको गौमुल गाउँपालिका वडा नं दुई मल्दुगनका  मंगल रोकाया यतिवेला जीवन मरणको दोसाँधमा छन् । लामो समयदेखि अल्सरको बिरामी रोकाया यति वेला उत्तराखण्ड स्थित दहंश हस्पीटल भारतमा उपचाररत छन् ।“ हस्प्टिलले अप्रेशनको लागि पहिले काउन्टरमा रकम जम्मा गर्न भनेको छ । अस्पतालमा भरना भएको २७ दिन भयो, रकम जम्मा गर्न सकेको छैन। म […]

Nov 30, 2024 - 15:52
 0
 उपचार खर्च नपाएर उत्तराखण्डमा मृत्युसँग लड्दै मंगल 

बाजुरा। 

   बाजुराको गौमुल गाउँपालिका वडा नं दुई मल्दुगनका  मंगल रोकाया यतिवेला जीवन मरणको दोसाँधमा छन् । लामो समयदेखि अल्सरको बिरामी रोकाया यति वेला उत्तराखण्ड स्थित दहंश हस्पीटल भारतमा उपचाररत छन् ।“ हस्प्टिलले अप्रेशनको लागि पहिले काउन्टरमा रकम जम्मा गर्न भनेको छ । अस्पतालमा भरना भएको २७ दिन भयो, रकम जम्मा गर्न सकेको छैन। म बेडमै पल्टेको छु । डाक्टरले छिटो उपचार गर्नुपर्छ भन्छन् ,मसंग कौडी पैसा  छैन । कसरी जीवन बचाउने ? ”उनले फेसबुक  म्यासेनजर मार्फत म्यासेज गरेका छन् ।  दुब्लाउँदै गरेको शरीरको फोटो पोष्ट गर्दे उनले भने आन्द्रामा तीनवटा घाउछन्। औषधि  खाएर पहिलो अप्रेसन गराएँ ज्यान झनझन घट्दै गएको छ। अहिले जीउ घटेर ३३ केजी मात्र छ’,मंगलले भने । 

  दिनको भारु तीन हजार आठ सय ७१ रुपैंया उपचार खर्च हुन्छ । भएको  सबै पैंसा सकियो उपचार भएको छैन।  कोही दाताले ज्यान बचाईदिए हो मत मृत्यूसँग  लडि रहेको छु , मंगलको दुखेसो छ ।  नेपालमा महँगो उपचार खर्च बेहोर्न  नसक्दा छोरीज्वाईको सहारामा भारत आयौँ । यहाँ उपचार राम्रो हुन्छ भन्ने सुनेका थियौं छोरोको हेरचाहले कतै काम गर्न पनि पाएको छैन ।छोराको ज्यान बचाउनकै लागि  भारत पुगेका  छौं’ , मंगलका बुवा गोकर्णबहादुर रोकायले भने । 

उनी सदरमुकाम मार्तडीमा किराना खुद्रा ब्यपार ब्यवासय गर्दे आएका थिए । ब्यपार व्यवसायको लागि घर जग्गा बैंक र सहकारीमा धितो राखेका छन् । ब्यपार पनि शून्य छ । घर जग्गा वेचरपनि उपचार गराउन खोज्दा किनिदिने मान्छे पनि भेटिँदैनन् । पैसा जम्मा गर्न नसके रिफर गरिदिने  हस्पिटलले चेतावनी दिएको छ,  मेरो छोराको ज्यान बचाउने को दैव होला ? रोकायाले भने । अहिले बिरामी मंगल रोकायाको फोटा सामाजिक सञ्जालमा छ । छोराको दयनीय अवस्था देखिेर केही आफन्तजनले सहयोग त गरेका छन् । त्यसले पुग्ने अवस्था छैन । छोराको सहयोगको लागि मंगल रोकायाका नामको  ग्लोवल आईएमई बैंकको खाता नं ११००७०१०००१२७४ सहित क्युआरकोड पनि सार्वजनिक गरेका छन् । धेरै सामाजिक अभियन्तालाई अनुरोध गरेँ मेरो ज्यान बचाउन पहल भएको छैन मंगलले भने  । म हार गुहार गर्छु  मेरो उपचार भए भएको सम्पत्ति बेचेर सबैको ऋण चुक्ता गर्नेछु अहिले मेरो ज्यान बचाइदिन सबैमा अनुरोध छ , हस्पीटलबेडबाट मंगलले अनुरोध गरेका छन् । 

        नेपालमा उपचार गर्ने खर्च जुटाउन नसक्दा जयालामज्दुरी गरेर  पनि उपचार गराउन  तीनमहिना अघि  दुवै बाबुछोरा भारतमा गएका थिए । यहाँ सवैसँग हारगुहार गर्दे छु उपचार खर्च जुटाउन सकेकी छैन । कसरी पतिको ज्यान बचाउ मंगलकी पत्नी सीता  रोकायाले पीडा व्यक्त गरिन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register