कर्णालीले गर्यो सदस्यको ऋण मिनाह

झापा, २४ पुस । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य केलावति राजबंशीको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख ऋणमध्ये ७५ हजार ६०० मिनाहा गरेको छ। कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गैतमले संस्थाको निर्णय पत्र वाचन गरी ऋण मिनाहाको घोषणा गरेका थिए। कार्यक्रममा केन्द्रका सचिव भूपाल बस्नेतले स्व राजबंशीप्रति श्रद्धाञ्जलि व्यक्त [...] The post कर्णालीले गर्यो सदस्यको ऋण मिनाह appeared first on Jhapa Online.

Jan 8, 2025 - 02:31
 0
कर्णालीले गर्यो सदस्यको ऋण मिनाह

झापा, २४ पुस । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य केलावति राजबंशीको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख ऋणमध्ये ७५ हजार ६०० मिनाहा गरेको छ।

कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गैतमले संस्थाको निर्णय पत्र वाचन गरी ऋण मिनाहाको घोषणा गरेका थिए। कार्यक्रममा केन्द्रका सचिव भूपाल बस्नेतले स्व राजबंशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै समवेदना पत्र वाचन गरेका थिए। मृतक परिवारलाई सहकारीको नियमअनुसार ६ हजार पनि हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा बनियानी सेवा केन्द्रका संयोजक, सदस्यहरू, तथा सहकारीका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। गत पुस ७ गते तारावनामा बनमा बन ड्युटी गरेर फर्किने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले आक्रमण गर्दा केलावति राजबंशीको निधन भएको थियो।

हात्तीको आक्रमणले उनको बायाँ हातमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको थियो। गम्भीर घाइते अवस्थाको उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।

The post कर्णालीले गर्यो सदस्यको ऋण मिनाह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register