शिवसताक्षीमा समाज सुधार्दै लाहुरे

विनोद सापकोटाझापा, २४ पुस । उमेरमा लाहुरे जीवन बिताएर गाउँ फर्केका अधिकांश पूर्व फौजी कतै न कतै सामाजिक सेवामा जुटिरहेका भेटिन्छन् । कतिपय लाहुरे ठूलाठूला सहरमा बस्न रुचाउँछन् भने कतिपय आफ्नै पुख्र्यौली गाउँमा फर्कन्छन् । पुख्र्यौली घर छोडेर सहर पसेका लाहुरे अर्थात फौजी जीवनमा कमाएका पैसाले बनाएका घरमा बस्न रुचाउँछन् । उनीहरूको जीवन त्यही खुसी [...] The post शिवसताक्षीमा समाज सुधार्दै लाहुरे appeared first on Jhapa Online.

Jan 8, 2025 - 16:04
 0
शिवसताक्षीमा समाज सुधार्दै लाहुरे

विनोद सापकोटा
झापा, २४ पुस ।
उमेरमा लाहुरे जीवन बिताएर गाउँ फर्केका अधिकांश पूर्व फौजी कतै न कतै सामाजिक सेवामा जुटिरहेका भेटिन्छन् । कतिपय लाहुरे ठूलाठूला सहरमा बस्न रुचाउँछन् भने कतिपय आफ्नै पुख्र्यौली गाउँमा फर्कन्छन् । पुख्र्यौली घर छोडेर सहर पसेका लाहुरे अर्थात फौजी जीवनमा कमाएका पैसाले बनाएका घरमा बस्न रुचाउँछन् । उनीहरूको जीवन त्यही खुसी हुन्छ ।

झापाको शिवसताक्षीमा लाहुरेको बसोबास बाक्लै छ । खास गरेर दुधे, झिलझिले, धरमपुर लगायतका क्षेत्रमा लाहुरेको बसोबास छ । संयुक्त भुपु शैनिक संघ नेपालले दिएको जानकारी अनुसार ३ सय भुपु फौजीको शिवसताक्षीमा बसोबास छ । यहाँ बसोबास भएका भुपु लाहुरेहरु कुनै न कुनै काम र योजनामा तल्लिन हुन्छन् ।

यहाँका एकजना लाहुरेको कथा सामान्य मानिसको भन्दा नितान्त फरक छ । २०१७ सालमा तत्कालीन शिवगञ्ज गाविसमा बसाई झरेका नरबहादुर आङदेम्बेको छोरा अमरसिंह आङ्दम्बेको जीवनशैली अन्य लाहुरेको भन्दा फरक छ । उनि पाँचथरको नवमी डाँडाबाट बसाँई सरि दुधे आएका थिए ।

उनी समकालीन, श्रेष्ठ र आफुभन्दा साना लाहुरेसँग भन्दा पनि स साना बालबालिकासँग खेल्न र खेलाउन रुचाउँछ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का नरबहादुर २०४४ सालमा भारतीय इलेभन गोर्खा राइफल मा प्रवेश गरेका थिए । ३२ बर्षे भारतीय सैनिक जीवनपछि उनी सुवेदार मेजरसम्म भएर रिटायर्ड भए । अहिलेको रिटायर्ड लाइफ नितान्त समाजसेवामा छ । उनि शिवसताक्षीको संयुक्त भुपु शैनिक संघको मात्र होइन झापाकै अध्यक्ष हुन् । यतिमात्र होइन । काशी प्रदेशका विभिन्न १३ वटा गैर सरकारी संस्थाका अध्यक्ष हुन् । उनले नेतृत्व गरेका हरेक संस्थाको छवि उनको जस्तै सङलो बनाएका छन् ।

सुवेदार मेजर आङदेम्बेको शिवशताक्षीको दुधेमा दुईवटा घर छ । महाभारामा एक बिघा जग्गा पनि छ । वर्षभरि खानकै लागि महाभारामा खेत किनेको उनले बताए । ‘एक बिघा खेतीमा फलेको धान ले आफूलाई वर्षभरि खान पुग्छ भनेरै खेत किने । अहिले आफैले खेति गरेर फलाएका अन्नले बजारको तयारी अन्नभन्दा स्वास्थ्यलाई पनि फाईदा दिइरहेको छ,’ उनले भने ।

झापामा मात्र होइन । उनको पुरख्यौली पाँचथरको फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा ८० ÷ ८० रोपनी जग्गा छ । सदरमुकाम फिदिममा बढेमानको घर छ । पहाडका घर र खेतीले मात्रै पनि उनलाई वर्षेनी मनग्ये आम्दानी दिन्छ । आङदेम्वेले सहरिया जीवनलाई भन्दा पनि गाउँले जीवनलाई महत्व दिएका छन् । उनि भन्छन् ‘स्वस्थ जीवनका लागि गाउँले जीवनशैलिनै उत्तम हुने रहेछ ।’ सहरमा रहनलाई म र मेरो परिवारलाई केहीले रोक्न सक्दैन थियो । तर, पिता जीले जहाँ ल्याउनु भयो त्यो भुमी मलाई देवभुमी जस्तै लाग्न थाल्यो ।’

फौजमा रहँदा कमाएको धनले जोडेको सम्पतीमा यतिबेला आङदेम्बे खुसी छन् । उनको खुसी चारै तिर फैलिरहेको छ । भएर पनि विपन्न र नहुनेका लागि मुठ्ठी नखोल्नेकालाई आङदेम्बे एउटा गतिलो उदाहरणको पात्र बनेका छन् ।

आङ्देम्बेको पेन्सन मासिक ९१ हजार आउँछ । उनले भने,‘ मासिक थापेको पेन्सन घर काजका लागि खर्च हुँदैन । ११ नम्बर वडाको दुधे बजार उत्तर दुधे खोलाको डिलका अति विपन्न वर्गका ११ वटा घरको खर्च उनको पेन्सनबाट हुने गरेको छ ।

ती घरका विद्यार्थीको पढाइ लेखाई, बिजुली बत्ती, खानेपानी लगायतमा उनले महिनै पिच्छे खर्च व्यहोरिदिने गरेका छन् । ‘यति खर्च आउँछ भनेर त ठ्याक्क भन्न सकिन्न,’उनले भने ‘ यहाँका ११ घरका नानीहरूको शैक्षिक खर्च, त्यो घरमा बलेको बिजुली, र पिउने पानी मा जती खर्च आउँछ त्यो चै मैले व्यहोर्ने हो ।’ गाँउमा ११ घरका २६ जना बालबालिका नजिकैका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्छन् ।

बालबालिका भनेपछि हुरुक्कै हुने आङदेम्बेका एक छोरी खुशबु दन्त रोगकि विशेषज्ञ डाक्टर हुन । छोरा लानाम भने इन्जिनियर हुन । उनी बहराइनमा सरकारी सेवामा कार्यरत छन् ।

उनी परिश्रमी किसान पनि हुन् । उनले व्यावसायिक रूपमा बङ्गुर पालन पनि गरेका छन् । उनको फार्मबाट आम्दामी भएको पैसा पनि आङदम्बे गाउँका विपन्नको परिवारमा खर्च हुने गरेको छ । टोलका घरमा चामल लगायत तरकारी नभए आङदेम्बेले व्यहोरिदिने गरेका छन् ।

आङ्दम्बेको बङ्गुर फार्ममा जाने सडकको स्थानीय गाउँले भेला गरेर बुधबार नामाकरण गरे । करिब ५०० मिटर लामो उक्त सडकको नाम सिङ्गो गाउँलेले आङदेम्बे मार्ग भनेर नामाकरण नै गरे । उनले सडकको नामाकरण भएको एउटा बोर्डपनि राखे र स्थानिय बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेर खुसि मनाए ।

आङनम्बे उक्त गाउँमा जाँदा सबै बालबालिकाले ‘हेप्पी वर्थडे’भनेर जिस्काउँछन् । नजिस्काउन पनि कसरी । हरेक दिन बङ्गुर फार्मतिर जाँदा गाउँका बालबालिकाले चकलेट पाउँछन् । जन्मदिनका दिन चकलेट पाउने केटाकेटीले हरेक दिन चकलेट पाउनकै लागि उनलाई हेप्पी वर्थडे भनेर जिस्काउँछन् ।

चकलेट मात्र होइन । आङदेम्बे स्थानीय राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, धुवतारा आवासीय मावि, क्याम्ब्रिज अङ्ग्रेजी बोर्डिङ स्कुल र फ्रेण्डसिप मन्टेस्वरीमा अध्ययन गर्ने बालबालिका मध्ये प्रत्येक विद्यालयबाट उत्कृष्ट बनेका आफ्नो टोलका बालबालिकालाई वर्षेनी छात्रवृद्धि प्रदान गर्ने बताए । यो टोलमा ११ वटा घरका २६ जना बालबालिका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्न जान्छन् ।

बालबालिकालाई खुसी बनाउन र विद्यालय जानका लागि प्रोत्साहन गर्न बेलाबेला उनले रमाइलो गराउने गरेका छन् । रमाइलो वनभोज गराउने, नृत्य,गायन, वक्तृत्व कला लगायतका विधामा टोलका बालबालिका बीच प्रतिस्पर्धा गराएर पुरस्कार प्रदान गर्ने गरेका छन् । उनको यो स्वार्थरहितको समाजसेवा प्रति गाँउले औधी खुसी छन् । स्थानिय सीता दनुवार भन्छिन्, ‘हाम्रो जिउँदो भगवान भनेकै अम्बरवहादुर आङदम्बे ह्न । उहाँ विनाको दिन नुन रहितको तरकारी तुल्य हुन्छ ।’

दिनहुँ फार्ममा आउने आङदेम्बेलाई बालबालिकाले आआफ्नो साईनो लगाएर बोलाउछन् । कसैले बुवा भन्छन् त कसैले अंकल भन्छन् । कतिपयले मामा भन्छन् भने कतिपयले सर भन्छन् । गाउँमा जो कोही नयाँ मान्छे पुगोस् आङदम्बेले नमस्कार गरेर शिष्ट शव्दमा बोल्न सिकाएर छन् । कतिपयले उक्त गाँउलाई नमस्कार गाँउ पनि भन्छन् । सीताले भनिन् ‘यहाँका नानीहरुको मुखैमा नमस्कार छ ।’

The post शिवसताक्षीमा समाज सुधार्दै लाहुरे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register