कीर्तिपुरमा मतदान (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्थानीय तहको निर्वाचनको मतदान जारी छ । अन्यत्रजस्तै कीर्तिपुरमा पनि आज (आइतबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । आज कीर्तिपुरमा उपनिर्वाचनका लागि विद्यालय र शैक्षिक संस्था बन्द गरिए पनि सरकारी कार्यालय खुला छन् । बैंक र वित्तीय संस्था पनि नियमित रूपमा सञ्चालन हुनेछन् । मतदातालाई सहज बनाउन सवारी आवतजावत […]

Dec 1, 2024 - 03:23
 0
कीर्तिपुरमा मतदान (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्थानीय तहको निर्वाचनको मतदान जारी छ । अन्यत्रजस्तै कीर्तिपुरमा पनि आज (आइतबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
आज कीर्तिपुरमा उपनिर्वाचनका लागि विद्यालय र शैक्षिक संस्था बन्द गरिए पनि सरकारी कार्यालय खुला छन् । बैंक र वित्तीय संस्था पनि नियमित रूपमा सञ्चालन हुनेछन् ।

मतदातालाई सहज बनाउन सवारी आवतजावत खुला राखिने निर्णय भएको छ ।

कीर्तिपुरमा जारी मतदान । तस्वीर : सरोज बस्नेत/नेपालभ्युज ।

मतदान केन्द्र वरपर मादक पदार्थ बिक्रीमा रोक लगाइने भए पनि अन्य पसलहरू भने नियमित रूपमा खुला रहनेछन् ।

यस निर्णयले निर्वाचनको व्यवस्थापनलाई सहज बनाउन र जनजीवनलाई कम प्रभावित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगले शान्ति सुरक्षाको लागि विशेष निगरानी राख्ने योजना बनाएको छ । मतदातालाई निर्धक्कसँग मतदान गर्न आग्रह गरिएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि देशका केही ठाउँमा उपनिर्वाचन भएको हो ।

कीर्तिपुर नगरपालिकाको प्रमुखसँगै वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

हेरौँ तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register