मलेसियाबाट फर्किएर स्वदेशमै उद्यम, वार्षिक ६ लाख आम्दानी

रसुवा  ।  रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ४ दनुस्वांराका श्यामबहादुर पाख्रिन ३ वर्ष मलेसिया बसेर फर्किएपछि आफ्नै देशमा केही गर्छु भनेर कफि र अन्य आम्दानी मूलक व्यवसाय गरेर वार्षिक ६ लाख कमाई गरिरहेका छन्  ।  गरिबीको कारण कारण घरको आर्थिक अवस्था सुधार गर्न मलेसिया गएका उनी ३ वर्ष बिताएर आफ्नै गाउँ फर्केर केही गर्छु भनेर […]

Jan 7, 2025 - 10:04
 0
मलेसियाबाट फर्किएर स्वदेशमै उद्यम, वार्षिक ६ लाख आम्दानी

रसुवा  । 

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ४ दनुस्वांराका श्यामबहादुर पाख्रिन ३ वर्ष मलेसिया बसेर फर्किएपछि आफ्नै देशमा केही गर्छु भनेर कफि र अन्य आम्दानी मूलक व्यवसाय गरेर वार्षिक ६ लाख कमाई गरिरहेका छन्  । 

गरिबीको कारण कारण घरको आर्थिक अवस्था सुधार गर्न मलेसिया गएका उनी ३ वर्ष बिताएर आफ्नै गाउँ फर्केर केही गर्छु भनेर २०७२ मा नै आफ्नै घरमा श्रीमतीकाे लागि  किनारा पसल राखे,आफूले वोईलर कुखुरा लेयस कुखुरा पालन गर्न सुरु गरेकाे बताए । 

२०७६ सालमा आधिकारिक रूपमा सुनौलो एकीकृत कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर निरन्तर लागिरहे बिचमा कोरोना महामारीले गर्दा कुखुरा पालन र पसल घाटामा गयो ।

त्यसपछि यी दुवैलाई थाती राखेर २०७४ सालमा नेपाल कृषि वन प्रतिष्ठान र एसिया संस्था को सहयोगमा सुरु गरेर छाडेको कफी खेती पुन सञ्चालन गरे । कुखुरा पालन र पसल वाट घाटा लागे पनि अहिले कफी खेती गरिरहेको पाख्रिन बताउँछन्  । 

आफ्नो गाउँ आफै बनाऊ भन्ने सोच राखेर समूह बनाई अभियान सुरु गरेका उनले स्थानीय सरकार र विभिन्न संघ र संस्थालाई पहल गरिरहे र कफी व्यवसायलाई निरन्तरता दिइरहे २०७९/०८० मा ९ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ वाट उन्नत प्रविधि सहित को  ५० प्रतिशत अनुदानमा आधुनिक बाख्राको खोर निर्माण गर्न सहयोग पाएकाले उनले बाख्रा पालनलाई अगाडि बढाउँदै गए । उनको फर्ममा हाल दुई वटा  माउबाट सुरु गरेका बाख्रा पालन साना ठुला गरेर ४५ वटा रहेका छन्  । 

आफ्नो ५ रोपनी जग्गामा ५ सय भन्दा बढी कफीको बोट लगाएका छन् । एक रोपनीमा जग्गामा ५० बोट कागती लगाएका छन् ।अझै स्थानीय सरकार संघ संस्था को सहयोग आयो भने थपिँदै लगिने उनी वताउँछन् ।२०७९र०८० मा नौ कुण्ड गा,पा पशु शाखा को सहयोगमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तरगत २० जना सदस्य लाई आधुनिक खोर निर्माण सँगै विभिन्न उन्नत जातका बाख्रा उपलब्ध समेत गएका थिए ।

उनले भने, साधारण लेखपढ भएको म घरको आर्थिक अवस्थाले पनि साथ नदिएपछि ऋण गरेर भएपनि मलेसिया गएको थिए । त्यहाँ ३ वर्ष काम गरे यतिको दुख गरेत आफ्नो गाउँमा नै सुनै फल्छ जस्तो लागेर फर्किए अहिले यता आएर काम गरे वार्षिक ६ लाख कमाई हुन्छ ।

नौकुण्ड गाउँपालिका प्रमुख नुर्वु साङवो घले ले भने उनको मेहनत धेरै छ । मेहनत अनुसार आम्दानी छ । हरेक मानिसले यसरी नै कृषि पेसालाई अगाल्ने हो भने विदेश जान नपर्ने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register