भारतले धावा बोल्यो, देशको रक्षाको लागि नेपाल जुनसुकै मूल्य चुकाउन तयार छ : ठाकुर गैरे

Jun 18, 2023 - 06:09
 0
भारतले धावा बोल्यो, देशको रक्षाको लागि नेपाल जुनसुकै मूल्य चुकाउन तयार छ : ठाकुर गैरे
भारतले धावा बोल्यो, देशको रक्षाको लागि नेपाल जुनसुकै मूल्य चुकाउन तयार छ : ठाकुर गैरे

काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले भारतले नेपालको अस्मिता माथि बारम्बार धावा बोलेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गैरेले नेपालमा जन्मिनुभएका गौतम बुद्धलाई भारतमा जन्मेका हुन् भनेर गलत प्रचार गर्दै आएकोमा अहिले कपिलवस्तु र लुम्बिनी समेत भारतको नक्सामा राखेर नेपाल माथि धावा बोलेको बताउनुभयो । ‘अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ’, उहाँले भन्नुभयो । 

अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसके प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘नेपाल सरकार के गर्दै छ ? के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? सरकार स्पष्ट हुन जरुरी छ’, गैरेले भन्नुभयो । 

नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको पक्षधर बनाउने बहसतर्फ धकेल्न खोजेको हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘यदि त्यसो गर्न खोजेको हो भने देशको रक्षाको लागि नेपाल जुनसुकै मूल्य चुकाउन तयार छ, हामी एक इन्च भूमि छाड्दैनौँ, त्यसका लागि तयार हुनुपर्छ’, उहाँले भन्नुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1