उपनिर्वाचनको मतदान सकियो, मतपेटिका संकलनलगतै आजै मतगणना

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनको मतदान सकिएको छ । भोट खसाल्न लाइन लागेकाहरूले भने मत हाल्न पाउने छन् । करिब ६२ प्रतिशत मतदान भएको अनुमान छ । थप विवरण आउन बाँकी छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको थियो । […]

Dec 1, 2024 - 11:23
 0
उपनिर्वाचनको मतदान सकियो, मतपेटिका संकलनलगतै आजै मतगणना

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनको मतदान सकिएको छ । भोट खसाल्न लाइन लागेकाहरूले भने मत हाल्न पाउने छन् ।

करिब ६२ प्रतिशत मतदान भएको अनुमान छ । थप विवरण आउन बाँकी छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको थियो ।

मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुनेछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register