राजकिशोर यादव भन्छन् – बीआरआईलाई एमसीसी जसरी नगिजोलियोस्

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादवले बीआरआई दस्तावेज पारदर्शी हुनुपर्ने बताएका छन् । सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिज्म संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले सो कुरा बताएका हुन् । बीआरआई अहिले सामरिक रणनीति भइसकेको उनी बताउँछन् । उनले भने, ‘बीआरआई सन २०१३ मा विकास परियोजना थियो, अहिले सामरिक […]

Nov 27, 2024 - 10:23
 0
राजकिशोर यादव भन्छन् – बीआरआईलाई एमसीसी जसरी नगिजोलियोस्

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादवले बीआरआई दस्तावेज पारदर्शी हुनुपर्ने बताएका छन् ।

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिज्म संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले सो कुरा बताएका हुन् ।

बीआरआई अहिले सामरिक रणनीति भइसकेको उनी बताउँछन् । उनले भने, ‘बीआरआई सन २०१३ मा विकास परियोजना थियो, अहिले सामरिक रणनीति भैसक्यो । यसको दस्तावेज पारदर्शी हुनुपर्छ । यसमा के छ भन्ने कसैलाई थाहा छैन । संसद्‌मा ल्याउन किन हिचकिच ?’

समितिमा यो दस्तावेज ल्याएर छलफल गर्नुपर्ने उनले बताए । ‘एमसीसी जसरी गिजोलियो त्यसले अहिलेसम्म हामी विभक्त हुन पुगेका छौं । त्यही खतरा बीआरआईको हकमा पनि देखिएको छ ।’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register