‘मेगा शो २०२४’मार्फत स्ट्रीक्स प्रोफेशनलको स्पेक्ट्रम सङ्ग्रहको अनावरण

काठमाडौं । स्ट्रीक्स प्रोफेशनलले आयोजना गरेको ‘मेगा शो २०२४’ मा आफ्नो पाँचौं संस्करणीय स्पेक्ट्रम सङ्ग्रहको अनावरण गरेको छ । सङ्ग्रह, सौन्दर्य व्यवसायीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको कौशलतालाई पुनः सशक्त बनाउने उद्देश्यले यो प्रस्तुत गरिएको हो । शोमा ब्रान्डका तर्फबाट नवीनतम ‘हेयर कट’ र ‘स्टाइल’ को प्रस्तुति र सौन्दर्य प्रवृत्तिमा नयाँ ट्रेन्डहरू चिनाउने लक्ष्यसहित विभिन्न प्रशिक्षण र […]

Dec 8, 2024 - 09:51
 0
‘मेगा शो २०२४’मार्फत स्ट्रीक्स प्रोफेशनलको स्पेक्ट्रम सङ्ग्रहको अनावरण

काठमाडौं । स्ट्रीक्स प्रोफेशनलले आयोजना गरेको ‘मेगा शो २०२४’ मा आफ्नो पाँचौं संस्करणीय स्पेक्ट्रम सङ्ग्रहको अनावरण गरेको छ ।

सङ्ग्रह, सौन्दर्य व्यवसायीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको कौशलतालाई पुनः सशक्त बनाउने उद्देश्यले यो प्रस्तुत गरिएको हो ।

शोमा ब्रान्डका तर्फबाट नवीनतम ‘हेयर कट’ र ‘स्टाइल’ को प्रस्तुति र सौन्दर्य प्रवृत्तिमा नयाँ ट्रेन्डहरू चिनाउने लक्ष्यसहित विभिन्न प्रशिक्षण र कार्यशालाहरूको आयोजनासमेत गरिएको छ ।

स्ट्रीक्स प्रोफेशनलले दक्षिण एसियामा सौन्दर्य व्यवसायलाई अझ प्रभावकारी बनाउन नवीनतम् उत्पादन र सेवाहरू प्रस्तुत गर्दै आइरहेको छ ।

यो शोले नेपाली सौन्दर्य उद्योगलाई नवीनतम प्रवृत्तिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register