रविलाई चितवन पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन पुर्‍याइएको छ । सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज (मंगलबार) बयानका लागि चितवन लगिएको हो । लामिछानेलाई जहाजमार्फत चितवन लगिएको थियो । उनलाई करिब बिहान सवा १० बजेतिर चितवन पुर्‍याइएको हो । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेको सोमबार काठमाडौंमा बयान सकिएको थियो […]

Dec 3, 2024 - 05:35
 0
रविलाई चितवन पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन पुर्‍याइएको छ ।

सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज (मंगलबार) बयानका लागि चितवन लगिएको हो ।

लामिछानेलाई जहाजमार्फत चितवन लगिएको थियो । उनलाई करिब बिहान सवा १० बजेतिर चितवन पुर्‍याइएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेको सोमबार काठमाडौंमा बयान सकिएको थियो ।

सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका उनको बयान तीन दिनमा सकिएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई भैरहवा लगेर पनि बयान लिइएको थियो ।

कात्तिक २ मा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।

अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register