रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हो । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीवी राई हुन् । त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको […]

Dec 4, 2024 - 11:12
 0
रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीवी राई हुन् । त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको आरोपमा रवि, जीबीसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।

सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । रकम फिर्ता नपाएको भन्दै पीडितले जाहेरी दिएका थिए ।

अहिले रविमाथि चितवनमा बयान भइरहेको छ । काठमाडौंबाट पक्राउ परेका रविलाई कास्की, रुपन्देही, काठमाडौं लगिसकिएको छ । अहिले चितवन लगिएको छ । अब फेरि पर्सा लगिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register