रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । पर्सा प्रहरी स्रोतले दिएको सूचना अनुसार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । स्रोतका अनुसार वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको […]

Dec 4, 2024 - 11:06
 0
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

पर्सा प्रहरी स्रोतले दिएको सूचना अनुसार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

स्रोतका अनुसार वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

हाल रवि लामिछानेमाथि चितवनमा बयान लिने काम भइरहेको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register