साताव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज ‘तिलकोत्सव’ विधि सम्पन्न

जनकपुरधाम । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको बुधबार चौथो दिन ‘तिलकोत्सव’ विधि सम्पन्न गरिएको छ । राम मन्दिरमा आयोजित कार्यक्रमबीच भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाए । मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज […]

Dec 4, 2024 - 16:36
 0
साताव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज ‘तिलकोत्सव’ विधि सम्पन्न

जनकपुरधाम । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको बुधबार चौथो दिन ‘तिलकोत्सव’ विधि सम्पन्न गरिएको छ ।

राम मन्दिरमा आयोजित कार्यक्रमबीच भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाए ।

मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज भगवान श्रीरामलाई तिलक चढाइएको हो । अयोध्या अर्थात् राजा दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी र राजा जनकको प्रतिनिधित्व गरेका जानकी मन्दिरका छोटा महन्त दासले सम्धी मिलन समेत गरेका छन् ।

मिथिला परम्परा अनुसार बेहुली र बेहुला पक्षका महिलाले एक अर्कालाई गीत मार्फत गाली दिने चलन छ । यहाँ पनि महिलाहरु लोकगीत मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गरेका छन्। तिलकोत्सवका लागि जानकी मन्दिरबाट करिब सयौं भार (कोसेली) राम मन्दिर लगिएको थियो ।

तिलकोत्सव समारोहमा अयोध्याबाट आएका जन्ती र हजारौं श्रद्धालु सहभागी थिए । विवाह पञ्चमी महोत्सवको पाँचौ दिन बिहिवार मटकोर र छैटौं दिन शुक्रवार विवाह (स्वयंवर) कार्यक्रम आयोजना गरिनेछ । शनिवार रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गरेपछि विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register