पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय कृष्ण यदुवंशी र ३७ वर्षीय राजेश बराम रहेका छन् । काम पनि राम्रो, दाम पनि राम्रो भन्दै उनीहरुले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कृष्ण यदुवंशीले ७२ लाख ४८ हजार […]

Jan 7, 2025 - 11:38
 0
पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय कृष्ण यदुवंशी र ३७ वर्षीय राजेश बराम रहेका छन् ।
काम पनि राम्रो, दाम पनि राम्रो भन्दै उनीहरुले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कृष्ण यदुवंशीले ७२ लाख ४८ हजार १ सय ५० र राजेश बरामले ८ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनिहरुलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष २२ गते पक्राउ गरेको हो । हाल उनीहरुलाई पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register