फडणवीस तेस्रो पटक बने महाराष्ट्रको मुख्यमन्त्री, मराठीमा लिए शपथ

काठमाडौं । भारतको महाराष्ट्र राज्यको नयाँ मुख्यमन्त्री देवेन्द्र फडणवीसले शपथ लिएका छन् । राज्यपाल सीपी राधाकृष्णनले शपथ खुवाएका हुन् । उनले मराठी भाषामा शपथ लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फडणवीसपछि शिन्दे र अजित पवारले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । फडणवीस तेस्रो पटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । उनी सन् २०१४ देखि २०१९ सम्म मुख्यमन्त्री […]

Dec 5, 2024 - 12:18
 0
फडणवीस तेस्रो पटक बने महाराष्ट्रको मुख्यमन्त्री, मराठीमा लिए शपथ

काठमाडौं । भारतको महाराष्ट्र राज्यको नयाँ मुख्यमन्त्री देवेन्द्र फडणवीसले शपथ लिएका छन् । राज्यपाल सीपी राधाकृष्णनले शपथ खुवाएका हुन् । उनले मराठी भाषामा शपथ लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फडणवीसपछि शिन्दे र अजित पवारले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।

फडणवीस तेस्रो पटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । उनी सन् २०१४ देखि २०१९ सम्म मुख्यमन्त्री बनेका थिए । सन् २०१९ मा उनी अजितको सहयोगमा फेरि मुख्यमन्त्री बनेका थिए तर, उनले दुई दिनपछि राजीनामा दिएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, यूपीका मुख्यमन्त्री योगी आदित्यनाथलगायत नेता र मुख्यमन्त्री र केन्द्रीय मन्त्री सहभागी थिए ।

कार्यक्रममा क्रिकेटर सचिन तेन्दुलकर, अभिनेता शाहरुख खान, सलमान खान, सञ्जय दत्त, रणवीर कपूर, रणवीर सिंह लगायत धेरै सेलिब्रेटीहरू पनि उपस्थित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register