ढुवानी सेवालाई परिस्कृत गर्न ई ट्रान्सपोटेसनको सेवा लुम्बिनी प्रदेशमा सुरु

बुटवल । ढुवानी सेवालाई परिस्कृत र डिजिटलाईसेजन गर्ने उद्देश्यका साथरुपन्देहीको तिलोत्तमा १३ पत्थरडाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात भएको छ । लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्विस काठमाण्डौमा पनि विस्तार गरिने लक्ष्य लिएको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिनुभयो । ई–ट्रान्सपोर्टेसन सर्विसले शुक्रवार तिलोत्तममा पत्रकार सम्मेलनको आयोजना गरी ई–ट्रान्सपोर्टेसन […]

Dec 6, 2024 - 12:35
 0
ढुवानी सेवालाई परिस्कृत गर्न ई ट्रान्सपोटेसनको सेवा लुम्बिनी प्रदेशमा सुरु

बुटवल ।


ढुवानी सेवालाई परिस्कृत र डिजिटलाईसेजन गर्ने उद्देश्यका साथरुपन्देहीको तिलोत्तमा १३ पत्थरडाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात भएको छ ।

लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्विस काठमाण्डौमा पनि विस्तार गरिने लक्ष्य लिएको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिनुभयो । ई–ट्रान्सपोर्टेसन सर्विसले शुक्रवार तिलोत्तममा पत्रकार सम्मेलनको आयोजना गरी ई–ट्रान्सपोर्टेसन सर्विसको विषयमा जानकारी गराएको हो ।

आईटी ईन्जिनीयर समेत रहेका यो भन्दा पहिला ई क्याव नेपाल समेत सञ्चालन गरिरहेका प्रबन्ध निर्देशक सन्तोष मण्डलले मोवाईल एप्स मार्फत यातायातको साधानको रुपमा रहेको ढुवानी व्यवसायलाई थप व्यवस्थीत बनाउने ई–ट्रान्सपोर्टेसन सर्विसको मुख्य उद्देश्य रहेको जानकारी दिनु भयो । प

हिलो चरणमा मोबाईल एप्स मार्फत सर्भिस भेईकल्स, मिनी ट्रक, ट्रक, एम्बुलेन्सका साधानहरु जोडीएको उहााले बताउनु भयो । मोबाईल एप्स मार्फत सेवा ग्राहीहरुले जसबाट सेवा लिन सक्ने छन् भने ट्रान्सपोर्ट कम्पनीहरुले सोही एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिने जनाइएको छ ।


ई–ट्रान्सपोर्टेसन सर्भिस मार्फत ढुवानी सेवाको लागि साधन मगाउन सकिने छ भने गाडीको मर्मत संहारको लागि पनि मेकानिक मगाउन सकिने व्यवस्था गरिएको छ । यस्तै पेट्रोल पम्प लोकेसेन समेत राखिएको छ । सबैखाले गाडीको कागजपत्र नविकरण भ्याटको काम लगायतको विवरण समेत एप मार्फत जानकारी लिन सकिने गरी निर्माण गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसले जनाएको छ ।

१ करोड लागतमा न्मिार्ण गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसको बुटवल ११ कालिकानगरमा शाखा, तिलोत्तमा ३ योगीकुटीमा शाखा, ओमसतिया २ पडसरीमा समेत शाखा विस्तार गरिएको छ । निकट भविश्यमा काठमाण्डौमा समेत सेवा विस्तार गर्ने योजना बनाएको ई–ट्रान्सपोर्टेसन सर्भिसले सवारी साधानको लागि पार्कीङ्ग एरियाको समेत लोकेसन प्रदान गर्ने गरी एप डेभलप गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसका प्रबन्ध निर्देशक मण्डलले बताउनु भयो ।


पहिलो चरणमा बुटवल उपमहानरपालिका, तिलोत्तमा नरपालिका, सिद्धार्थनगर नगरपालिमा रहेका एम्बुलेन्स समेत एपमा समेटिएको जानकारी दिदै निकट भविश्यमा अन्य स्थानमा समेत विस्तार गरिने बताईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register