वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि बढाइने

वीरगञ्ज । वीरगञ्जका दुवै भन्सार कार्यालयले आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा सेवा बढाउने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको हो । पर्साका प्रजिअ […]

Dec 6, 2024 - 14:18
 0
वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि बढाइने

वीरगञ्ज । वीरगञ्जका दुवै भन्सार कार्यालयले आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा सेवा बढाउने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको हो ।

पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउनका लागि थप दुई घण्टा विस्तारित गर्न लागेको जानकारी दिए । “भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हुँदै आइरहेको थियो ।

सो कारणले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई केही मर्का पर्दै आएको थियो ।  उनले भने, “व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म सेवा विस्तारित गर्ने निर्णय गरेका छौँ । यसले पक्कै पनि सेवाग्राहीलाई धेरै सहज हुने अपेक्षा राखेका छौँ ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सेवा विस्तारले समयमा बैंक, क्वारेन्टाइनलगायतका सबै सेवा थप हुने जानकारी दिए । “यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौँ”, उनले भने ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले पनि भन्सारको सेवा थप गर्दा भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई पनि सहज हुने बताए । वीरगञ्जमा सुविधासम्पन्न दुई भन्सार कार्यालय छन् । वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सिर्सियास्थित सुक्खा बन्दरगाह रहेको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register