सिरियाका बिद्रोहीले गरे असदका पिताको चिहानमा आगजानी

दमास्कस । सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थीति सामान्य भएको छैन । राष्ट्रपति बसर अल असदको शाषनकाल बिरूद्द बिद्रोह गरेका समुहले अझै पनि रिस शान्त गर्न सकेका छैनन् । हालै ती सिरियाली विद्रोहीले राष्ट्रपति बसर अल असदका पिताको चिहानमा आगजानी गरेका छन । विद्रोहीले उत्तरपश्चिममा रहेको सिरियाका पूर्व राष्ट्रपति हाफेज असदको गृहनगरमा […]

Dec 12, 2024 - 15:42
 0
सिरियाका बिद्रोहीले गरे असदका पिताको चिहानमा आगजानी

दमास्कस ।

सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थीति सामान्य भएको छैन । राष्ट्रपति बसर अल असदको शाषनकाल बिरूद्द बिद्रोह गरेका समुहले अझै पनि रिस शान्त गर्न सकेका छैनन् ।

हालै ती सिरियाली विद्रोहीले राष्ट्रपति बसर अल असदका पिताको चिहानमा आगजानी गरेका छन ।

विद्रोहीले उत्तरपश्चिममा रहेको सिरियाका पूर्व राष्ट्रपति हाफेज असदको गृहनगरमा रहेको उनको चिहानमा आगजनी गरेका छन् । तर, इस्लाममा मृत शरिरमा आगजानी गरिदैन, त्यसलाइ पुरिन्छ । त्यही शव पुरिएको चिहानमा बिद्रोहीहरूले आगजानी गरेका हुन् ।
 हाफेज असदले २००२ सम्म अर्थात आफ्नो मृत्यु नहुँदासम्म सिरियामा ३० वर्ष लामो शासन गरेका थिए । उनको मृत्यु पछि मात्रै उनका छोरा बशर उत्तराधिकारीको रूपमा राष्ट्रपति भएका हुन् । बिद्रोहीले यसै साता सिरियामा कब्जा जमाए पछि राष्ट्रपति भागेर रूस पुगेका छन भने सिरियामा बिद्रोही नेता मोहम्मद अल बसिर अन्तरिम प्रधानमन्त्री बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register